Suvadin, Home

युएईबाट अायो खुशीको खबरः टुंगियो लोकेशको मुद्दा, स्वदेश फर्कन पाउने भए

नेपाली दुतावास अबुधाबीका अनुसार युएई अदातलले सन् २०१७ मा गरेको फैसला अनुसारको ब्लडमनी अन्तरगत ३ लाख २० हजार २ सय दिराम (१ करोड नेपाली रुपैयाँ) बिमा कम्पनीले तिरेपछि लोकेशको मुद्दा टुंगिएको हो। लोकेशको मुद्दाको विषयमा २५ मार्च २०१८ मा अबुधाबीस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत सागरप्रसाद फुँयालसहितको टोली र अदालतका न्यायाधीशबीच उनको मुद्दाका विषयमा छलफल भएको थियो।
लाेकेश खतिवडा।

रुपेश अधिकारी, युएई, चैत २४ – युएईमा ब्लडमनीको मुद्दा खेपिरहेका झापा शनिअर्जुन नगरपालिका झापाका लोकेश खतिवडाको मुद्दा टुंगिएको छ।

नेपाली दुतावास अबुधाबीका अनुसार युएई अदातलले सन् २०१७ मा गरेको फैसला अनुसारको ब्लडमनी अन्तरगत ३ लाख २० हजार २ सय दिराम (१ करोड नेपाली रुपैयाँ) बिमा कम्पनीले तिरेपछि लोकेशको मुद्दा टुंगिएको हो।

लोकेशको मुद्दाको विषयमा २५ मार्च २०१८ मा अबुधाबीस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत सागरप्रसाद फुँयालसहितको टोली र अदालतका न्यायाधीशबीच उनको मुद्दाका विषयमा छलफल भएको थियो।

कार्यवाहक राजदूतले पटक–पटक पहल गरेपछि अदालतले बिमा कम्पनीलाई चाँडो रकम तिर्न दबाब दिएको र सोहीअनुसार कम्पनीले रकम बुझाएको दूताबासका द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिए। यसअघि अदालतले गरेको फैसलामा विमाकम्पनीले रकम तिर्ने उल्लेख गरिएको भएपनि समय अवधि तोकेको थिएन।

८ जुन सन् २०१४ मा अबुधाबी मुसाफामा रहेको एक ट्रान्सपोर्ट कम्पनीको सामान लिएर काममा जाँदैगर्दा लोकेशले चलाएको गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा एक भारतीय नागरिकको उपचारका क्रममा ज्यान गएको थियो।

सोही अभियोगमा  अबुधाबी अदालते लोकेश र बिमा कम्पनीले ब्लडमनी तिर्नपर्ने फैसला सुनाएको थियो। अब लोकेशका केही प्रशासनीक प्रक्रिया बाँकी रहेको र त्यो पूरा गरेर केही दिनभित्रमा उनलाई नेपाल फर्काउने प्रयास भइरहेको कार्यवाहक राजदुत फुँयालले शुभदिनलाई बताएका छन्। साथै अन्य नेपालीका समस्याका बारेमा दुतावास केन्द्रित भएर लागेको उनले जानकारी दिए।

राजदूत मेरा लागि भगवानः लोकेश

चार वर्षदेखि घर फर्कने आशमा बसेका लोकेश दूताबासको यो जानकारी पाएपछि खुशी भएका छन्। उनले भने, 'यो खबर सुनेपछि मभन्दा धेरै परिवार र शुभचिन्तक खुशी भए। म त त्यसै खुशी भइहालेँ।'

अब घरपरिवार भेट्न र स्वास्थ्य उपचार आफ्नै देशमा गराउन पाउने आशा उनमा छ। शुभदिनसँगको कुराकानीमा लोकेशले भने, '२०१५ देखि दूताबास धाउँदा नभएको काम अहिलेको राजदूत आएको दुईतीन महिनामै भयो। उहाँ मेरा लागि भगवान भएर आउनुभयो। मेरो मुद्दाका विषयमा लागि पर्ने दूताबासका द्वितीय सचिव कृष्ण अर्याल सर अन्य संघसंस्थालाई जति धन्यवाद दिएपनि पुग्दैन।'

अब घर फर्कन पाउने खबरपछि खुशीले शरीरको पीडा पनि कम भएको लोकेशले सुनाए। यो खबर घरमा श्रीमती र आमालाई हातमा पार्सपोट पाएपछि मात्र सुनाउने सोचेका थिए लाकेशले। तर, वर्षैदेखि लोकेशलाई पर्खिएर बसेकी उनकी श्रीमती मर्मताले सामाजीक सञ्जालबाट खबर पाइहालिन्। अहिले उनी पनि खुशी छिन्।

'हाल काम गरिरहेको कम्पनीमा दुई महिनादेखिको तलब पाउन बाँकी छ। उक्त तलब र आजसम्म काम गरेवाफतको केही सुबिधा पाएमा नेपाल फर्किएपछि उपचार गराउन मद्दत मिल्ने थियो,' उनले थपे।

यसका लागि दूताबासले समन्वय गरिदिए सहज बन्ने अपक्षा राखेका छन्। विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा उनले यहाँ सामान्य उपचार गराइरहेका छन्। खुट्टामा लगाइएको स्टिल निकाल्न ढिला भएकाले आजभोलि हिँडडुल गर्न उनलाई समस्या भएको हो।अहिले उनको स्वास्थ्यमा स्टोन र हाइड्रोसिलको समेत समस्या देखिएको छ।

याे पनि पढ्नुहोस्ः

'बरू किड्नी बेचेर भएपनि म अाफ्नै घर फर्कन्छु'

दुर्घटनामा परेका नेपाली युवाको युएईमा बिचल्ली

 


 

More form the Internet

loading...