Suvadin, Home

लन्डन आक्रमणबारे नेपाली युवाको बयान
'एकाएक सन्त्रास छायाे, सबै स्तब्ध थियाैं'

एकाएक सन्त्रास छाएकाे जनाउँदै उनले सबै स्तब्ध भएकाे उल्लेख गरे। ‘एक्कासी फेसबुकमा लाइभ म्यासेज आउन थाल्यो,’ श्रेष्ठले शुभदिनसँगको सम्पर्कमा भने, ‘गोली चलेको खबर मात्र आएको थियो, लौन कहाँ के भयो भनेर निक्कै आत्तियौं, साथीसंगीहरुलाई सम्पर्क गर्न थाल्याैं, धन्न कसैलाई केही भएको रहेन छ।’
घटनास्थलमा खटिएका सुरक्षाकर्मी ।

काठमाडौं, चैत १० – काभ्रेकाे धुलिखेलका रुद्र श्रेष्ठ १० वर्षअघि लन्डन गएका थिए। त्यहाँको साउथइष्टस्थित ग्रीनवीचमा बसोबास गर्ने उनी गोर्खा बियर युके र इमिडोजका प्रबन्ध निर्देशक हुन्। लन्डनस्थित संसद भवन नजिक बुधवार राति आतंकवादी आक्रमण हुँदा उनी मुस्किलले दुर्इ किलाेमिटर टाढाको आफ्नै घरमा बसिरहेका थिए। 

‘एक्कासी फेसबुकमा लाइभ म्यासेज आउन थाल्यो,’ श्रेष्ठले शुभदिनसँगको सम्पर्कमा भने, ‘गोली चलेको खबर मात्र आएको थियो, लौन कहाँ के भयो भनेर निक्कै आत्तियौं, साथीसंगीहरुलाई सम्पर्क गर्न थाल्याैं, धन्न कसैलाई केही भएको रहेन छ।’

संसद भवन भएको क्षेत्रलाई लन्डनको मुटु मानिन्छ। सधैं उच्च सतकर्ता हुने उक्त क्षेत्रमै आतंकवादी आक्रमण भएको थियो। उक्त क्षेत्रका अति संवेदनशील घर र व्यक्तिको सुरक्षामा भूतपूर्व गोर्खा सैनिक पनि खटिएका छन्।

श्रेष्ठ भन्छन्, ‘झण्डै २० जना भूतपूर्व गोर्खा सैनिक महत्वपूर्ण ठाउँ र व्यक्तिको सुरक्षामा खटिएका छन्, उहाँहरूलाई केही भयो कि भनेर चिन्ता लागेको थियो, तर, त्यस्तो केही नभएको खबरले ढुक्क छौं।’ एकाएक सन्त्रास छाएकाे जनाउँदै उनले सबै स्तब्ध भएकाे उल्लेख गरे।

एकाएक सन्त्रास छायाे। सबै स्तब्ध भयाैं। एक्कासी फेसबुकमा लाइभ म्यासेज आउन थाल्यो। गोली चलेको खबर मात्र आएको थियो, लौन कहाँ के भयो भनेर निक्कै आत्तियौं, साथीसंगीहरुलाई सम्पर्क गर्न थाल्याैं, धन्न कसैलाई केही भएको रहेन छः रूद्र श्रेष्ठ

घटना लगत्तैदेखि त्यहाँको सुरक्षा व्यवस्थामा कडाई गरिएको थियो। बिहीबार दिउँसोसम्म जनजीवन झण्डै सामान्य अवस्थामा फर्किसकेको श्रेष्ठले बताएका छन्। ‘यो सहर र यहाँका नागरिकलाई पूर्ववत अवस्थामा फर्किन समय लाग्दैन,’ उनले सुनाए, ‘सरकार पनि जनउत्तरदायी तरिकाले सञ्चालित छ, बिग्रेको अवस्थालाई चाँडै नियन्त्रणमा लिन्छ।’

रोजगारी र अध्ययन लगायतका कामले लन्डन पुग्ने धेरै नेपाली छन्। कठिन मेहनत गरेर व्यापार–व्यवसायमा जमेका पनि उत्तिक्कै छन्, त्यही कोटीमा पर्छन्, श्रेष्ठ। उनले अघिल्लो दिन नै त्यस्तो आततायी घटना भएपनि भोलिपल्ट त्यसको छनक नै नदेखिने गरेर सबै सामान्य अवस्थामा फर्किन थालेको बताएका छन्।

‘नेपाली राजदूताबासले पनि ढुक्क भएर आफ्नो नियमित काममा फर्किन सबै नेपाली लाई अनुरोध गरेको छ,’ उनले शुभदिनलार्इ बताए। त्यहाँको प्रहरीले सुरक्षा व्यवस्था थप चुस्तदुरूस्त बनाएको छ। शंकास्पद मानिसहरूलाई रोकेर सोधपुछ गरिरहेको छ।

केहीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। शंका लागेका सवारीसाधनमा चेकजाँचमा कडार्इ गरेको छ। बुधबार स्थानीय समय २ बजेर ४० मिनेटमा आतंकवादी आक्रमण भएको थियो। प्रहरी कारबाहीमा एक जना आक्रमणकारी घटनास्थलमै मारिएका छन्। पाँच जना सर्वसाधारणको पनि अनाहक ज्यान गयो। कम्तिमा पनि ४० घाइते छन्।


 

More form the Internet

loading...