Suvadin, Home

मैतिदेवीमा दिउँसै सहकारीबाट चार लाख रुपैयाँ चोरी

काठमाडौं, १८ मंसिर –  काठमाडौंको मैतिदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ।

नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको हो।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक  (डीएसपी) होविन्द्र बोगटीका अनुसार सेफको ताला फुटाएर चोरी भएको खुलेको छ। घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको बोगटीको भनाइ छ।

 


 

More form the Internet

loading...