Suvadin, Home

सेनाद्वारा निस्क्रिय
उम्मेदवारकाे घरकाे अागनमा सकेट बम

 नेकपा (एमाले)का तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ । 
फाइल फाेटाे।

भक्तपुर, वैशाख ३१– नेकपा (एमाले)का तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ । 

आज बिहान ५ बजे कालो झोलाले बेरेर खतरा भनेर लेखेर राखेको अवस्थामा गठ्ठाघरस्थित श्रेष्ठको घर अगाडि भेटिएको सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय(डिस्पोज) गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। रासस 


 

More form the Internet

loading...