Suvadin, Home

प्रेमका लागि राजघराना छाड्दै जापानी राजकुमारी

जापानको शाही परिवारकी राजकुमारी एक जना सामान्य युवा संग बिबाह गर्नका लागि सान–शौकतसहितको राजघराना छोड्न थालेकी छन्। २५ वर्षीया राजकुमारी माको, राजा अकिहीतो की नातिनी हुन्। उनी २५ वर्षकै केई कोमुरो संग प्रेम गर्छिन। ती युवक एक कानूनी फर्म मा काम गर्छन। विश्वविद्यालयमा संगै पढ्दा उनीहरुको चिनजान र हिमचिम बढेको थियो।
राजकुमारी माको।

काठमाडौं, जेठ ४– जापानको शाही परिवारकी राजकुमारी एक जना सामान्य युवासँग बिबाह गर्नका लागि सान–शौकतसहितको राजघराना छोड्न थालेकी छन्।

२५ वर्षीया राजकुमारी माको, राजा अकिहीतो की नातिनी हुन्। उनी २५ वर्षकै केई कोमुरोसँग प्रेम गर्छिन्। ती युवक एक कानुन फर्ममा काम गर्छन्। विश्वविद्यालयमा संगै पढ्दा उनीहरुको चिनजान र हिमचिम बढेको थियो।

जापानमा शाही परिवारका कुनै सदस्यले अरु सामान्य मानिससँग बिबाह गरेमा राजघराना छाड्नुपर्ने नियम छ। एक स्थानीय सञ्चारमाध्यममा यो खबर प्रकाशित भएपछि जापानमा मात्र होइन, विश्वभर नै सनसनी मच्चिएको छ। टुक्रिँदै गएको शाही परिवारका बारेमा पनि नयाँ शिराबाट बहस हुन थालेको छ।

उनीहरुको पहिलो सन् २०१२ मा टोकियोको अन्तर्राष्ट्रिय क्रिश्चियन विश्वविद्यालयमा भएको थियो। जापानमा पर्यटन विकास गर्नका लागि केईले एकपटक ‘प्रिंस अफ सी’ को रुपमा पनि काम गरेका थिए।

उनलाई टिकाटालोका बारेमा प्रश्न गर्दा टिप्पणी गर्न चाहेनन्। उनले सही समय आएमा यसबारे आफ्ना धारणा राख्ने बताए। अमेरिकाको समाचार च्यानल सीएनएनका अनुसार शाही परिवारले यसको पुष्टि गरेको छ। दरबारमा टिकाटालोको तयारी चलिरहेको जनाएको छ। 
 


 

More form the Internet

loading...