Suvadin, Home

काठमाडौंमा आज वर्षकै न्यून तापक्रम

काठमाडौं । देशभर चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा आज (शुक्रबार) काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज बिहान पौने ६ बजे लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियसमा झरेको हो।

‘यो यस वर्षकै कम तापक्रम हो,’ उनले भने, ‘हिजो (बिहीबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री थियो।’

आज बिहान काठमाडौं उपत्यकामा निकै चिसो अनुभव भएको छ। यसैगरी देशभर चिसो बढ्ने क्रम जारी रहेको मौसमविद् अर्यालले बताए।

तराईका केही भूभागमा बिहान बिहान कुहिरोसमेत देखिन थालेको छ।


 

More form the Internet

loading...