Suvadin, Home
Nepal life 3.22M

च्याउको बीउ उत्पादन गर्दै सहकारी

व्यवस्थापक विश्वराज अधिकारीका अनुसार सहकारीकै लगानीमा उपकरण खरिद गरी च्याउको बीउ उत्पादन थालिएको हो।

नारायणपुर, २५ पुस-बगर खेतीमा सफलता पाएपछि दाङको लमहीस्थित उद्यमशील बहुउद्देश्यीय सहकारीले च्याउको बीउ उत्पादन थालेको छ। 

व्यवस्थापक विश्वराज अधिकारीका अनुसार सहकारीकै लगानीमा उपकरण खरिद गरी च्याउको बीउ उत्पादन थालिएको हो।

“वार्षिक २५ हजार पोका बीउ उत्पादन गरिरहेका छौँ,” उहाँले भन्नुभयो। “ क्षमताअनुसारको बीउ उत्पादन गर्न सकिएको छैन”, उहाँले भन्नुभयो। सहकारीले उत्पादन गरेको बीउ दाङसहित बाँके, बर्दिया, प्यूठान, बुटवललगायत जिल्लामा बिक्री भइरहेको छ। 

च्याउको बीउका लागि बजारको समस्या नरहेको सहकारीका अध्यक्ष दिलीपराज खनालले बताउनुभयो। सहकारीले च्याउखेतीमा ९६ किसानलाई समेटेर च्याउखेती कार्यक्रम सञ्चालन गरिरहेको छ।

“बीउ बिक्रीबाट वार्षिक  छ लाखसम्म आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो। सहकारीले च्याउखेती गर्न किसानलाई निःशुल्क प्राविधिक सहयोग र बीउ उपलब्ध गराउँदै आएको छ। 


 

More form the Internet

loading...