Suvadin, Home

स्थानीय गाई संरक्षण गर्न भागवत महायज्ञ

श्रीकृष्ण प्रेम संस्था नेपाल (कृप्सन) ले असार २४ गते आइतबारदेखि शुरु गरेको महायज्ञ असार ३० गते शनिबार सकिने छ। अग्रवाल भवन कमलपोखरीमा भइरहेको महायज्ञमा उपस्थित हुनेलाई सहयोग गर्नेपर्ने अनिवार्यता नगरिएको अध्यक्ष लक्ष्मी पोखरेलले जानकारी दिए। 

काठमाडाैं, २९ असार – स्थानीय गाईको संरक्षणका लागि इच्छा लाग्नेबाट सहयोग संकलनका लागि श्रीमदभागवत ज्ञान महायज्ञ शुरु भएको छ। 

श्रीकृष्ण प्रेम संस्था नेपाल (कृप्सन) ले असार २४ गते आइतबारदेखि शुरु गरेको महायज्ञ असार ३० गते शनिबार सकिने छ। अग्रवाल भवन कमलपोखरीमा भइरहेको महायज्ञमा उपस्थित हुनेलाई सहयोग गर्नेपर्ने अनिवार्यता नगरिएको अध्यक्ष लक्ष्मी पोखरेलले जानकारी दिए। 

उनले भने,  'भागवत मागी खाने भाँडा बनेको छ, हामी कथा सुन्न सबैलाई आमन्त्रण गर्छाैं, कथा सुन्दैमा दान गर्नुपर्छ, भन्ने अनिवार्य छैन, गीत, संगीत र नृत्यका माध्यमबाट स्रोतालाई दान गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होइन।' 

कार्यक्रममा आचार्य इन्द्रेशले कथावाचन गरिरहेका छन्। इच्छुक दाताले दिएकाे सहयोग कार्यक्रम सकिएपछि असार ३१ गते गणना गरी सार्वजनिक गरिने संस्थाले जनाएको छ। सहयोगबाट सडकमा रहेका स्थानीय गाईलाई संरक्षण गर्न प्रयोग गरिने छ। हालसम्म पशुपति नन्दीस्थलमा जम्मा भएका नौ वटा स्थानीय गाईलाई छुट्टै राखेर संरक्षण गरेको जनाइएको छ। 

पश्चिमा देशमा भएको वैज्ञानिक अनुसन्धानले जुरो र सिङ भएका स्थानीय जातको गाईको गहुँत, गोबर एवम् दूध धेरै रोगका औषधि हुने तथ्य प्रमाणित गरेको छ। शास्त्रीय रुपमा स्थानीय गोरस् पवित्र मानिन्छ। पछिल्लो समय नेपालमा पनि स्थानीय गाईको संरक्षणका लागि संस्थागत पहल शुरु भएको छ। 
 


 

More form the Internet

loading...