Suvadin, Home

#SuvadinMuseum
विश्वकै सर्वश्रेष्ठ ग्रन्थ महाभारत कसरी लेखियाे?

अतः उक्त शीलालेखको भाषा नबुझेर युद्धसंवत् लाई नै कलि संवत् सम्झने भुल तात्कालीन अगुवाहरूले गरेकाले अब हाल प्रचलित कलिसंवत् मा ३६ घटाउँदा आउने संख्या ५०८१चाहिँ वास्तविक कृष्ण स्वर्गारोहण संवत् हुन आउँछ ,जुन् वास्तविक कलि संवत् ठहर्छ। अतःश्रीकृष्ण स्वर्गारोहण पछि शोकाकुल भै विरक्तिएका वेदव्यासले गणेशको सहायता लिई तीन वर्ष लगाएर महाभारतको रचना गरे भन्न सकिने कुरा पौराणिकहरूको छ। यसरी विश्लेषण गर्दा यस पवित्र ग्रन्थको रचना ५०७८ वर्ष पूर्व प्रारम्भ भएर ५०८१ वर्ष पूर्व सम्पन्न भयो भन्न सकिने कुरा पौराणिकहरूको छ।
ऋषि व्यास कथा बताउँदै भगवान गणेश लेख्दै।

महाभारतको प्रथम अध्याय अनुसार यो महाकाव्य ऋषि वेद व्यास (जो स्वयं यस महाकाव्यका एक प्रमुख पात्र हुन) द्वारा बोलेर, भगवान गणेशद्वारा लेखाइएको हो। व्यासले यो ग्रन्थ आफैले लेख्दा धेरै समय लाग्ने तथा आफ्नो जीवनमा पूर्ण गर्न पनि नसकिने जस्तो देखिए पछि भगवान गणेश, जो छिटो लेख्नको लागि प्रख्यात छन्,को सामुन्ने यो प्रस्ताव राखे। गणेश तत्काल तैयार भए तर आफू रोकी-रोकी लेख्न नसक्ने हुनाले एक शर्त राखे कि व्यासले कथा भन्दाखेरिको समयमा एकछिन पनि आराम गर्नको लागि रोकिन पाउने छैनन्।

व्यासले पनि यो शर्तलाई स्वीकार गरे तर उनले पनि भगवान गणेशसँग एउटा शर्त राखे कि उनले व्यासले बोलेका वाक्यहरूलाई राम्ररी बुझेर मात्र लेख्नेछन्। व्यासले सोच्नको लागि समय निकाल्न गाह्रो-गाह्रो शब्दहरू प्रयोग गरे जसलाई बुझ्न गणेशलाई समय लाग्दथ्यो। यसले गर्दा लेखाउने समयमा व्यासलाई पनि केही सोच्ने समय मिल्ने भयो। यो कथा जनमानसमा प्रचलित एक कथासँग पनि मेल खान्छ जसमा गणेश जी यौटा दाँत कसरी भाँचियो भन्ने सोचाईमा मग्न हुनु भएको छ (गणेश जीको पारंपरिक छवि)। भनिन्छ कि महाभारत लेख्ने क्रममा हतारमा लेख्न बाधा नआउस भनेर एक पल्ट कलम उनको हातबाट छुटयो र उनले आफ्नो यौटा दाँतै भाँचे।

यस महाकाव्यको शुरुवात एउटा सानो रचना जय बाट भएको थियो भन्ने मान्यता छ। हुन त यसको रचनाको कुनै निश्चित तिथि थाहा छैन तर यसलाई सामान्यतया वैदिक युगमा लगभग १४०० ईसा पूर्वको समयको मानिन्छ। विद्वानहरूले यसको तिथि निर्धारित गर्नका लागि यसमां वर्णित सूर्य ग्रहण र चंद्र ग्रहणहरूको बारेमा अध्ययन गरेका छन् र यसलाई ३१औं शताब्दी इसा पूर्वको मान्दछन् भने पौराणिकहरू ५०७८वर्ष पूर्व लेखनकार्य प्रारम्भ गरी ५०८१पूर्व लेखनकार्य सम्पन्न भएको मान्दछन् ,तर मतभेद भने अझै पनि जारी छ।

यस काव्यमा बौद्ध धर्मको वर्णन छैन, तर जैन धर्मको वर्णन भने छ, अतः यो काव्य गौतम बुद्धको काल भन्दा पहिले अवश्य पूरा भएको थियो।

शल्य, जो महाभारतमा कौरवहरूको तर्फबाट लडेका थिए, उनलाई रामायणमा वर्णित लव र कुश पछिको ५०औं पुस्ताको मानिन्छ। यसै आधारमा केही विद्वानहरू महाभारतको समय रामायण भन्दा १००० वर्ष पछिको मान्दछन्। तिथिहरू चाहे जे सुकै भएपनि यहि काव्यहरूको आधारमा वैदिक धर्मको आधार टिकेको छ जो पछि हिन्दू धर्मको आधुनिक आधार बनेको छ।

आर्यभटका अनुसार महाभारतयुद्ध ३१३७ ई.पू.मा भएको थियो |यस युद्धको ३५ वर्ष पश्चात् श्रीकृष्णको स्वर्गारोहणसँगै कलियुगको प्रारम्भ भयो। भारतयुद्धाब्ददेखि ३६औं वर्षमा मुसलपर्वमा परी यदुवंश समाप्त हुने क्रममा श्रीकृष्ण स्वर्गारोहण भएपछि मात्र कलियुगको प्रारम्भ भयो। 

अतः उक्त शीलालेखको भाषा नबुझेर युद्धसंवत् लाई नै कलि संवत् सम्झने भुल तात्कालीन अगुवाहरूले गरेकाले अब हाल प्रचलित कलिसंवत् मा ३६ घटाउँदा आउने संख्या ५०८१चाहिँ वास्तविक कृष्ण स्वर्गारोहण संवत् हुन आउँछ ,जुन् वास्तविक कलि संवत् ठहर्छ। अतःश्रीकृष्ण स्वर्गारोहण पछि शोकाकुल भै विरक्तिएका वेदव्यासले गणेशको सहायता लिई तीन वर्ष लगाएर महाभारतको रचना गरे भन्न सकिने कुरा पौराणिकहरूको छ। यसरी विश्लेषण गर्दा यस पवित्र ग्रन्थको रचना ५०७८ वर्ष पूर्व प्रारम्भ भएर ५०८१ वर्ष पूर्व सम्पन्न भयो भन्न सकिने कुरा पौराणिकहरूको छ।

धेरैजसो अन्य भारतीय साहित्यहरू जस्तै यो महाकाव्य पनि पहिले वाचिक परम्पराद्वारा हामी सम्म पुस्तौं-पुस्ता पछिआई पुगेको छ। छापाको विकास भन्दा पहिले नै यसका धेरै क्षत्रिय (भौगोलिक) संस्करण पनि निस्किए जसमा धेरै यस्ता घटनाहरू छन् जो मूल कथामा देखिदैन वा कुनै अन्य रूपमा देखिन्छ।


 

More form the Internet

loading...