Suvadin, Home

कति पैसा उठाए महाबिर पुनले? यस्ताे छ हिसाब किताब

राष्ट्रिय आविष्कार केन्द्रले ‘मुट्ठीदान अभियान’अन्तर्गत अहिलेसम्म रु. चार करोड सङ्कलन गरेको छ। केन्द्रलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले गत वर्ष साउनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अभियान सुरु गरिएको थियो। स्वदेशभित्र वैज्ञानिक क्षेत्रमा खोज, अनुसन्धान तथा आविष्कार गर्न चाहने विद्यार्थीलाई उनीहरुको प्रस्ताव तथा योजनाका आधारमा सक्दो सहयोग गर्ने उद्देश्य राखिएको केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए। 
महाविर पुन।

काठमाडौँ, असार ४ -  राष्ट्रिय आविष्कार केन्द्रले ‘मुट्ठीदान अभियान’अन्तर्गत अहिलेसम्म रु. चार करोड सङ्कलन गरेको छ। 

केन्द्रलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले गत वर्ष साउनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अभियान सुरु गरिएको थियो। स्वदेशभित्र वैज्ञानिक क्षेत्रमा खोज, अनुसन्धान तथा आविष्कार गर्न चाहने विद्यार्थीलाई उनीहरुको प्रस्ताव तथा योजनाका आधारमा सक्दो सहयोग गर्ने उद्देश्य राखिएको केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए। 

अाविष्कार केन्द्रकाे स्तराेन्नति गर्न पदक बिक्री गर्दै महाविर पुन

केन्द्रले रु ५० करोड सङ्कलन गरेर जलविद्युत्मा लगानी गरी त्यसबाट प्रत्येक वर्ष आउने आउने प्रतिफलबाट अनुसन्धानका क्षेत्रमा खर्च गर्ने योजना राखेको छ। सो अभियान सफल बनाउन केन्द्रका अध्यक्ष पुनले प्राप्त गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका पुरस्कारसमेत बिक्रीका लागि राखिएको छ । 

ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा सञ्चालन गरी सूचना तथा सञ्चारको पहुँच पु¥याउँदै आएको सो संस्थाले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । केन्द्रका अध्यक्ष पुनले विज्ञान तथा प्रविधिका क्षेत्रमा आविष्कार गरी समग्र राष्ट्रको विकास गर्न सकिने हुँदा सो केन्द्र स्थापना गर्न लागिएको बताए।

अाविस्कार केन्द्रका लागि उनले पोखरास्थित आफ्नो नाममा रहेको २८ रोपनी जग्गा उनले आविष्कार केन्द्रलाई दान दिएका छन्। राष्ट्रिय आविष्कार केन्द्रमार्फत् पढेका÷नपढेका सबैलाई आफ्नो सिर्जना, अनुभव र प्रतिभालाई यथोचित सम्मान गर्ने योजना छ उनीसँग। एउटा अनुसन्धान विद्यालय खोल्ने र साथै १५ देखि २० मेगावाट बिजुली उत्पादन गरी संस्थालाई स्वनिर्भर बनाउने योजना उनले अगाडि बढाएका छन्। 

यी सबै योजनालाई कार्यान्वयनमा ल्याउन उनलाई अहिले ठूलो धन राशीको आवश्यकता छ। त्यसकारण पनि जनताको घर–दैलोमा पुगेर दान लिइरहेका छन्। उनको संस्थालाई व्यक्तिले जग्गा जमिन, पैसा, वौद्धिक सहयोग वा श्रमदान जे पनि दान दिन सक्छन्। आफ्नो योजनालाई जनताले राम्रोसँग लिएर सहयोग गरिरहँदा खुसी लागेको उनले सुनाए। 


पैसा जम्मा गर्ने अभियानमा लागिरहेका पुनले पाँच वर्षभित्र योजना अनुरुपका काम थाल्ने बताउँछन्। ‘विज्ञान र प्रविधिको विकास त सरकारले गर्नुपर्ने हो, तर यहाँ उल्टो भइरहेको छ,’ उनी गुनासो गर्छन्। विज्ञान र प्रविधिको विकास गरी दरिलो जग बसाउन सके मात्रै भोलिका सन्ततीको भविष्य उज्जवल हुने उनी बताउँछन्। ‘यो देशका लागि अति जरुरी काम हो,’ उनले थपे।

उनीसँग ठूलो सपना छ। त्यो सपना पूरा गर्न पनि समर्पित भएर लागिरहेका छन्। ‘सपना भएको मान्छे आशावादी रुपमा अगाडि बढ्नुपर्छ, चुनौतीदेखि भाग्ने नै होइन,’ उनी भन्छन्। गाउँ–गाउँमा इन्टरनेट पुगे पनि सरकारमा भएका व्यक्तिको दिमाग नहुँदा अनुभव, ज्ञान र आविष्कार अनि सिर्जना फैलिन र फुल्न नपाएको उनी बताउँछन्। यो देशका लागि अति जरुरी काम भएकाले पूरा नहुँदासम्म लागिरहने उनमा दृढता छ।

महावीर पुनको अर्को सपना


 

More form the Internet

loading...