Suvadin, Home

बालबालिकाका लागि पोषण अभियान शुरु

बालपोषण शाखाका अधिकृत गिरेन्द्र झाका अनुसार पहिलो चरणमा सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा पिठो वितरण गर्ने अभियान आजदेखि शुरु भएको र यो अभियान जिल्लाभरिमा सञ्चालन हुने छ।

महोत्तरी, पुस ३– जिल्लामा करिब ११ हजार कुपोषित बालबालिका भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले पिठो वितरण कार्यको अभियान शुरु गरेको छ।

शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएकाले सो अभियानले यस्ता बच्चालाई सुपोषित बनाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

बालपोषण शाखाका अधिकृत गिरेन्द्र झाका अनुसार पहिलो चरणमा सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा पिठो वितरण गर्ने अभियान आजदेखि शुरु भएको र यो अभियान जिल्लाभरिमा सञ्चालन हुने छ।

कुपोषणमुक्त महोत्तरी बनाउनका लागि जिल्लाको हरेक स्थानमा सुनौलो हजारदिनका साथै पोषणसम्बन्धी सचेतनासम्बन्धी जानकारी गृहणीको भान्छा घरसम्ममै पुर्याउने लक्ष्य लिएको अधिकृत झाले बताए।

सो अभियानअन्तर्गत जलेश्वर, बर्दिवास, गौशाला, लोहारपट्टी, पिपरा, एकडारा, बलवा, रामगोपालपुरलगायतका ११ स्थानमा पोषण युनिट स्थापना गरिने छ।

जिल्लाका हरेक स्थानमा गरी एक हजार ८८८ बच्चामा शीघ्र कुपोषणको समस्या देखिएको छ भने नौ हजार बच्चामा जटिल किसिमको कुपोषण फेला परेको प्रमुख झाले बताएका छन्।


 

More form the Internet

loading...