Suvadin, Home
Nepal life 3.22M

मलेसियामा नयाँ राजा चयन गर्न बैठक

मलेसिया संवैधानिक राजसंस्था भएको मुलुक हो। मलेसियामा राजाको ५ वर्षे अवधि पूरा नगर्ने मुहम्मद नै पहिलो राजा हुन्। उनको यस्तो कदमलाई अनौठो रुपमा पनि हेरिएको छ।

क्वलालाम्पुर, २३ पुस – मलेसियाका राजा मुहम्मद भिले आफ्नो पदबाट अचानक राजिनामा दिएपछि नयाँ राजा कहिले चयन गर्ने भन्नेबारे राजपरिवार बैठक बसेको छ। मुहम्मदले राजा बनेको दुई वर्षमै राजीनामा दिएका हुन्।

नयाँ राजा चयनको लागि भन्दै राजपरिवारका ९ मध्ये ६ जना सोमबार बैठक बसेका हुन्। बैठकले कहिले राजा चयन गर्ने भन्नेबारे निकर्ष निकाल्ने बताइएको छ।

मलेसिया संवैधानिक राजसंस्था भएको मुलुक हो। मलेसियामा राजाको ५ वर्षे अवधि पूरा नगर्ने मुहम्मद नै पहिलो राजा हुन्। उनको यस्तो कदमलाई अनौठो रुपमा पनि हेरिएको छ। एजेन्सी


 

More form the Internet

loading...