Suvadin, Home

जसले दलित केटी बिवाह गरेकै कारण पाएनन् बावुको किरिया गर्न

भोजपुरका एक युवकले दलित केटीसँग बिहे गरेकै कारण बावुको किरिया गर्नबाट बञ्चित भएका छन् । सदरमुकाम दिङ्लाबाट २ कोश टाढा भोजपुर नगरपालिका–१२ आम्तेकका ३२ वर्षीय चन्द्र खड्ले बावु बित्दा किरिया गर्न नपाएका हुन् । 

भोजपुर ।  भोजपुरका एक युवकले दलित केटीसँग बिहे गरेकै कारण बावुको किरिया गर्नबाट बञ्चित भएका छन् । सदरमुकाम दिङ्लाबाट २ कोश टाढा भोजपुर नगरपालिका–१२ आम्तेकका ३२ वर्षीय चन्द्र खड्ले बावु बित्दा किरिया गर्न नपाएका हुन् । 

असोज ३ गते वैदेशिक रोजगारीका लागि कतार जान भिषाको प्रक्रिया मिलाउन काठमाडौं पुगेका खड्ले घरमा बुवा बितेको खबर पाए । उनी सोही रात घर फर्किए । तीन दिनपछि घर पुग्दा जेठा दाजु सम्मरबहादुर खड्काले बावुको पार्थिव शरीरको संस्कार सकिसकेका थिए । चन्द्र पनि केश खौरेर, सेतो कपडामा किरियापुत्री बस्न दाजुको घर पुगे । 

दाजुसँगै किरियापुत्री बस्न पुगेका चन्द्रलाई किरियापुत्री बस्न दिइएन । दलित समुदायकी केटी विवाह गरेको भन्दै उनीलाई बावुको किरिया गर्नबाट बञ्चित गराइएको हो । 

उनले किरिया गर्न नपाएको भन्दै दु:ख लागेको बताएका छन् । 

उनले बावुको किरिया बस्नबाट बञ्चित भएको भन्दै शुक्रबारजिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका छन् । 

प्रहरीले पनि इलाका प्रहरी तिवारीभञ्ज्याङको टोली खटाई दाजु सम्मरबहादुर, पण्डित लेखनाथ र छिमेकी दाजुभाइसँग पीडित पक्ष राखेर मिलापत्र गर्ने कोसिस गरे पनि कुनै ठोस निर्णय आउन नसकेको जनाएको छ ।


 

More form the Internet

loading...