Suvadin, Home

केरलामा मास्क नलगाए ५ हजार जरिवाना

भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने घोषणा गरेको छ ।

केरला । भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने घोषणा गरेको छ । यसैगरी, सामान किन्न आउने सबै ग्राहकलाई पसल सञ्चालकले स्यानिटाइजर उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, पसल खोल्दा ग्राहकहरुसँग दूरी कायम कारोबार गर्नुपर्ने, भीडभाड गर्न नपाइने लगायतका नियम पनि बनाइएको छ । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसका बिरामीको संख्या थप वृद्धि भएको छ । यससँगै राज्यले रोकथामका उपायहरु थप कडा पारेको छ ।


 

More form the Internet

loading...