Suvadin, Home

इराकमा २ सय सामूहिक चिहान भेटिएः राष्ट्रसघं

आइएसले हालैका दिनमा छोडेको भूभागमा २०२ सामुहिक चिहान भेटिएको र उक्त स्थानमा हजारौँ इराकीका मृत शरीर गाडिएको अवस्थामा भेटिएको इराकका लागि राष्ट्रसंघीय सहयोग मिसन यूएनएएमआई तथा राष्ट्रसघं मानव अधिकार कार्यालयद्वारा तयार पारिएको प्रतिवेदनमा छ। इराकको नाइनएभे, किर्कुक, सलाहुद्दिन र अनबरलगायत इराकका उत्तरी र पश्चिमी क्षेत्रमा ती चिहान भेटेको राष्ट्रसङ्घीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले जनाएको छ। पश्चिम मोसुलमा रहेको सबैभन्दा सानो चिहानमा करिब एक दर्जन मृत शरीर भेटिएको छ भने सबैभन्दा ठूलो सोही क्षेत्रको खास्फा सिनखोलेमा झण्डै एक हजार मृत शरीर रहेको प्रतिवेदनमा छ।

बग्दाद, इराक, २१ कात्तिक – इराकमा लामो समयदेखि इश्लामिक स्टेट आइएस समूहको नियन्त्रणमा रहेको क्षेत्रमा २०० भन्दा बढी सामूहिक चिहान भेटिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा भनेको छ।

आइएसले हालैका दिनमा छोडेको भूभागमा २०२ सामुहिक चिहान भेटिएको र उक्त स्थानमा हजारौँ इराकीका मृत शरीर गाडिएको अवस्थामा भेटिएको इराकका लागि राष्ट्रसंघीय सहयोग मिसन यूएनएएमआई तथा राष्ट्रसघं मानव अधिकार कार्यालयद्वारा तयार पारिएको प्रतिवेदनमा छ।

इराकको नाइनएभे, किर्कुक, सलाहुद्दिन र अनबरलगायत इराकका उत्तरी र पश्चिमी क्षेत्रमा ती चिहान भेटेको राष्ट्रसङ्घीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले जनाएको छ। पश्चिम मोसुलमा रहेको सबैभन्दा सानो चिहानमा करिब एक दर्जन मृत शरीर भेटिएको छ भने सबैभन्दा ठूलो सोही क्षेत्रको खास्फा सिनखोलेमा झण्डै एक हजार मृत शरीर रहेको प्रतिवेदनमा छ।
 
उक्त स्थानहरूबाट संकलन गरिएका तथ्यहरू अनुसन्धान तथा दोषीलाई अन्तर्राष्ट्रिय प्रक्रिया अनुसार कानूनी कारबाही गर्नका लागि विश्वसनीय आधार बन्नसक्ने प्रतिवेदनमा छ। आइएसले सन् २०१४ मा इराकको दोस्रो ठूलो शहर मोसुल अन्य ठूलो क्षेत्रलाई अधिनमा लिन सफल भएको थियो।

उनीहरूले इराकमा योजनावद्ध हिंसा फैलाएको र उक्त क्रममा अन्तर्राष्ट्रिय मानव अधिकार कानून तथा ऐनको उल्लङ्घन गरेको र यसका लागि उनीहरूले युद्धअपराध मुद्दाको सामना गर्नुपर्ने प्रतिवेदनमा छ। इराकले विद्रोहीको नियन्त्रणबाट सम्पूर्ण भूभाग सन् २०१७ को डिसेम्बर ९ मा फिर्ता गर्न सफल भएको थियो। त्यसपछि भएका खोजीका क्रममा ती सामूहिक चिहान भेटिएका हुन्।


 

More form the Internet

loading...