Suvadin, Home

Cover Image

पहिलो पटक चन्द्रमामा यान अवतरण गराउन सहयोग गर्ने गणितज्ञको मृत्यु

काठमाडौं । चन्द्रमामा मानिसको पहिलो पाइला टेक्न सहयोग गर्ने गणितज्ञ क्याथरिन जोनसनको एक सय एक वर्षमा मृत्यु भएको छ।

उनले सन् १९६० को दशकमा एपोलो ११ यानलाई चन्द्रमामा अवतरण गर्ने प्रक्षेपण पथको हिसाब तयार गरेकी थिइन्। त्यसैलाई पछ्याएर सन् १९६९ मा निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेकेका थिए।

उनको सानो गल्तीले पनि यान र त्यसमा रहेका मानिसको ज्यान जान सक्थ्यो। त्यसअघि उनले अन्तरीक्षमा जाने पहिलो अमेरिकी यात्री एलन बी सेफर्डको यात्रामा पनि सघाएकी थिइन्।

जोनसन नासामा रहेका अश्वेत महिला गणितज्ञहरुको एउटा सानो समूहको एक सदस्य थिइन्।

तर, नासाकोे फ्लाइट रिसर्च डिभिजनमा ३३ वर्ष अत्यन्त महत्वपूर्ण काम गरेपनि जोनसन र उनीजस्ता महिलाको नाम कसैले सुनेको थिएन। त्यसयता सयौँ महिलाले नासामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।


 

More form the Internet

loading...