Suvadin, Home

निजी लगानीमा सडक ग्राभेल गरे परशुरामका मेयर साउदले 

स्थानीय तहको निर्वाचन जितेको एक महिनामै परशुराम नगरपालिकाका प्रमुख सडक सुधारमा लगानी गरिरहेका छन्।  डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले आफ्नै लगानीमा विभिन्न सडकमा ग्राभेल गर्ने कार्य सुरु गरेका छन्। सडकमा खाल्डाखुल्डी र हिलाम्य भई सर्वसाधारणले कष्टकर जीवन भोग्न थालेपछि जनताको समस्यालाई मध्यनजर गर्दै उनले निजी लगानीमा ग्राभेल गरेका हुन्। 
परशुरामका मेयर भीमबहादुर साउद।

डडेल्धुरा, भदौ २–स्थानीय तहको निर्वाचन जितेको एक महिनामै परशुराम नगरपालिकाका प्रमुख सडक सुधारमा लगानी गरिरहेका छन्। 

डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले आफ्नै लगानीमा विभिन्न सडकमा ग्राभेल गर्ने कार्य सुरु गरेका छन्। सडकमा खाल्डाखुल्डी र हिलाम्य भई सर्वसाधारणले कष्टकर जीवन भोग्न थालेपछि जनताको समस्यालाई मध्यनजर गर्दै उनले निजी लगानीमा ग्राभेल गरेका हुन्। 

नगरपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने बताउँदै आएका साउदले उक्त रकम जनताको र नगर कमिटीको सहमतिमा नगरको विकासमा खर्च गर्ने समेत बताउँदै आएका छन्। 

नगर प्रमुखमा निर्वाचित भइसकेपछि परशुराम नगरको हरेक विकासका लागि लागि पर्ने भएकाले सो कुराले परशुरामवासी जनतालाई केही हदसम्म राहत हुँदै आएको । 

परशुराम नगरपालिकाका प्रमुख साउदको व्यक्तिगत लगानीमा परशुराम नगरपालिकाका–१, २ र ४ का ग्रामीण सडकमा ग्राभेल गरिएको हो। परशुराम नगरपालिकाको जोगबुडा रुपाल सडकखण्ड र कटालको कालिगोई बजार जोड्ने तथा लालढुंगा बजारदेखि गोजा कटाल जोड्ने करिब पाँच सय मिटर ग्रामीण सडक खण्डमा ग्राभेल गरिएको परशुराम नगरपालिका–१२ का वडा अध्यक्ष गणेशप्रसाद जोशीले बताए। 

खाल्डाखुल्डी भएको ग्रामीण सडकमा ग्राभेल गरिएसँगै स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको स्थानीय कलावती भट्टराईले जानकारी गराए। वर्षाको समयमा हिलाम्य ग्रामीण सडकमा आवतजावत गर्न स्थानीयवासीको दुःखलाई मध्यनजर गरी ग्राभेल गरिएको प्रमुख साउदको भनाइ छ। 

स्थानीय जनताका समस्यालाई समाधान गर्न आफू तयार रहेको प्रमुख साउदको भनाइ छ। भित्री मधेस क्षेत्रको विकासका लागि सर्वसाधारण, सरोकारवाला निकाय र राजनीतिक दलले सहयोग गर्नुपर्नेमा नगरप्रमुख साउदले जोड दिए। साउदको व्यक्तिगत लगानीमा हिलाम्य सडकमा भएका खाल्डाखुल्डीमा ग्राभेल गरिँदा गाडी सञ्चालनमा सहज भएको छ। रासस 


 

More form the Internet

loading...