Suvadin, Home

‘म साउदी अरबबाट किन भागेँ’

साउदी अरबको कुनै जीवन छैन। मेरो दैनिकी घरबाट विश्वविद्यालय जानु र त्यहाँबाट घर फर्कनु मात्रै थियो। त्यसबाहेक म केही पनि गर्न सक्दिनथेँ।उनीहरु मलाई गलत कुरा सिकाउँथे जस्तै पुरुष सधैं हामीभन्दा माथि हुन्छन्।मलाई रमजानमा रोजा राख्नका लागि बाध्य बनाइन्थ्यो।

काठमाडौं, ४ माघ- १८ वर्षकी राहफ मोहम्मद अल–कुननको मामलाले त्यतिबेला पूरा विश्वको ध्यान तानेको थियो जब उनले बैंकक हवाई अड्डामा आफूलाई एक कोठामा बन्द गरेकी थिइन् र फिर्ता जान अस्विकार गरिरहेकी थिइन्।

उनी साउदी अरबमा आफ्नो परिवार छोडेर आएकी थिइन् र ट्वीटरमा उनको समर्थनमा अभियानमा चलेपछि उनलाई क्यानडाले आश्रय दिएको थियो।

यो घटनापछि साउदी अरबमा महिला अधिकारबारे पुनः कुरा उठ्न लागेको छ, उनीहरुमाथि लाग्ने प्रतिबन्धमाथि प्रश्न उठाउन थालिएको छ।

यस्तै स्थितीबाट गुज्रिएकी अर्की एक युवतीले बीबीसीलाई आफ्नो कहानी बताइन् जो साउदी अरब छोडेर क्यानडा गएकी थिइन्।

२४ वर्षकी सलवा आफ्नी १९ वर्षकी बहिनीसँग आठ महिनाअघि घर छोडेर भागेकी थिइन् अब उनी मन्ट्रीओलमा बस्छिन्। पढ्नुहोस्, सलवाको कहानी उनकै शब्दमा।

कसरी निस्किइन् घरबाटः

एक रात जब सबैजना सुतिरहेका थिए तब हामी जसरी पनि भाग्यौं। त्यतिबेला हामी दुई निकै तनावमा थियौं।हामी गाडी चलाउन सक्दैनथ्यौं त्यसकारण हामीले ट्याक्सी मगायौं। राम्रो कुरा यो थियो कि सबै ट्याक्सी ड्राइभर विदेशबाट आएका छन् त्यसकारण उनीहरुलाई हामी एक्लै जाँदै गरेको देखेर अचम्म लागेन।

हामी रियाद नजिक किंग खालिद इन्टरनेशनल एयरपोर्टका लागि निस्कियौं। त्यतिबेला यदि कसैलाई हाम्रो योजनाबारे थाहा भएको भए हाम्रो हत्यासमेत हुनसक्थ्यो।

जब म कलेजको अन्तिम वर्षमा थिएँ तबदेखि मैले एक अस्पतालमा काम गरिरहेकी छु। मैले जर्मनीका लागि एक हवाई जहाटको टिकट र एक ट्रान्जिट भिजा खरिद गर्ने पैसा जम्मा गरेकी थिएँ। मसँग बेरोजगार भत्ताको पैसा पनि थियो।

साउदी युवतीलाई क्यानडाले शरण दियो, आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी थिइन्। मैले आफ्नी बहिनीसँग जर्मनीको फ्लाइट लिएँ। म पहिलो पटक हवाई जहाजमा बसिरहेकी थिएँ। त्यो निकै गजबको अनुभव थियो। म खुसी थिएँ, डराएकी पनि थिएँ। एक सबैकुरा एकैपटक महसुस गरिरहेकी थिएँ।

जब मेरो बुवालाई हामीले घर छोडेको भन्ने थाहा भयो तब उनले पुलिस बोलाए तर त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो।

मैले गृहमन्त्रालयको वेबसाइटमा उनको नम्बर परिवर्तन गरेकी थिएँ त्यसकारण जब अधिकारीले उनलाई फोन गर्थे तब त्यो मलाई आउँथ्यो।जब हामी जर्मनीमा उत्रियौं तब मलाई पुलिसको तर्फबाट एउटा मेसेज पनि आयो जुन वास्तवमा मेरो बुवाको लागि थियो।

जब पुगिन् जर्मनीः

साउदी अरबको कुनै जीवन छैन। मेरो दैनिकी घरबाट विश्वविद्यालय जानु र त्यहाँबाट घर फर्कनु मात्रै थियो। त्यसबाहेक म केही पनि गर्न सक्दिनथेँ।

उनीहरु मलाई गलत कुरा सिकाउँथे जस्तै पुरुष सधैं हामीभन्दा माथि हुन्छन्।मलाई रमजानमा रोजा राख्नका लागि बाध्य बनाइन्थ्यो।

जब म जर्मनी पुगेँ आश्रयका लागि कानूनी मद्दतका लागि वकिललाई भेटेँ। मैले फारम भरेँ र उनलाई आफ्नो कहानी बताएँ।

मैले क्यानडामा बस्ने निर्णय गरेँ किनभने मानवाधिकारको मामलामा यो देश निकै राम्रो मानिन्छ। मैले त्यहाँ सिरियाका शरणार्थीलाई शरण दिएको भन्नेबारे खबर पढेकी थिएँ।

मेरो आवेदनलाई स्विकार गरियो। जब म टोरोन्टोमा ओर्लिएँ तब मैले एयरपोर्टमा क्यानडाको झण्डा देखेँ र त्यहाँ हुनु मेरो लागि एक उपलब्धि समान थियो।

इस्लाम त्यागेर अष्ट्रेलिया भागिरहेकी साउदी युवती एयरपोर्टमै फसिन्, हत्या गरिने हो कि भन्ने डरम आज आफ्नी बहिनीसँग कुनै तनावबिना मन्ट्रीओलमा बसिरहेकी छु। मलाई यहाँ कसैले पनि केही गर्नका लागि बाध्य बनाउँदैनन्।

साउदी अरबमा धेरै पैसा होला तर यहाँको जीवन निकै उत्कृष्ट छ किनभने अब मैले चाहेका बेला अपार्टमेन्टबाट निस्कन सक्छु। यसका लागि मैले कसैको सहमती लिनु पर्दैन।

यो कुराले मलाई निकै खुसी दिन्छ। म स्वतन्त्र महसुस गर्छु। मलाई जे मनलाग्छ त्यो लगाउन सक्छु।मलाई यहाँको हिउँ निकै मनपर्छ। म फ्रेन्च सिकिरहेकी छु तर त्यो निकै गाह्रो छ। म बाइक चलाउन, स्विमिङ गर्न र आइस स्केटिङ पनि सिकिरहेकी छु।

मैले जीवनमा केही गरिरहेकी छु जस्तो लाग्छ।मेरो परिवारसँग कुराकानी हुँदैन। तर मलाई लाग्छ कि यो मेरो र उनीहरु सबैका लािग राम्रो हो। मलाई अब यो नै आफ्नो घरजस्तो लाग्न थालेको छ। वास्तवमा भन्नुपर्दा घरभन्दा पनि राम्रो। बीबीसी


 

More form the Internet

loading...