Suvadin, Home

मिडिया काउन्सिल विधेयकविरुद्ध संसद भवन बाहिर बृहत प्रदर्शन आज

काठमाडौं । नेपाल पत्रकार महासंघले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक विरुद्ध शुक्रबार बृहत प्रदर्शन गर्ने तयारी गरेको छ।

पहिलो चरणको आन्दोलनको अन्तिम दिन जेठ ३ गते (शुक्रबार) मध्यान्ह १२:०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि बृहत प्रदर्शन गर्ने महासंघले जनाएको छ। यस्तै, जिल्लाहरुमा पनि सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

सो विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित हुँदै आएको छ।

पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडियासम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको महासंघले जनाएको छ।


 

More form the Internet

loading...