Suvadin, Home

मेलम्ची अायोजनाः ठेकदार कम्पनीले बाँकी काम नगर्ने

सीएमसीले ‘फन्ड सर्टेज’ भएको भन्दै काम अघि बढाउन नसक्ने पत्रमा उल्लेख गर्दै पत्र बुझाएको हो।

काठमाडौं, २ पुस – इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बुझाएको छ। सीएमसीले आयोजना छाडेको घोषणा गरेपनि सरकारले पत्र बुझ्न अस्वीकार गरेको हो।

सीएमसीले ‘फन्ड सर्टेज’ भएको भन्दै काम अघि बढाउन नसक्ने पत्रमा उल्लेख गर्दै पत्र बुझाएको हो। कम्पनीले डिसेम्बर १४ सम्म आफूले दावी गरेको रकम दिन समयसीमा नर्धारण गरेको थियो। सरकारले बाँकी काम सिध्याएपछि मात्रै थप रकम भुक्तानी दिने जनाएको थियो।

स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारीलार्इ आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको छ। क्रिष्मस मनाउने बहानामा उनीहरू अायोजना छोडेर भाग्न लागेको बताइएको छ।

अहिले मन्त्रालयले उनीहरुको पासपोर्ट खोसेको छ। कम्पनीको स्थिति नाजुक बन्दै गएपछि आफूहरु स्वदेश भाग्न खोजेको पक्राउ परेकाहरुले समेत स्वीकार गरिसकेको प्रहरीको दाबी छ।


 

More form the Internet

loading...