Suvadin, Home
Nepal life 1.818M

अन्तर्राष्ट्रिय अदालतमा गुहार माग्दै मेलम्ची खानेपानी आयोजना

मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा इटालीको निर्माण व्यवसायी कम्पनी सीएमसीले पाएको छ। सीएमसीले सन् २०१३ देखि काम शुरु गरेको थियो। तर, पटक-पटक विभिन्न बाहनामा काम रोक्ने र क्षतिपूर्ति माग्ने गरेको छ। बोर्डका अध्यक्षसमेत रहेका खानेपानी मन्त्रालयका सचिव कृष्णराज बीसीले भने, ‘हाम्रो जुन नोट अफ डिसेन्ट छ, त्यस विषयमा सिंगापुर अदालतमा केस फाइल गर्न सैद्धान्तिक सहमति दिइएको छ।’
मेलम्ची खानेपानी आयोजना

काठमाडौं, ३० जेठ – मेलम्ची खानेपानी आयोजना ठेकेदारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने तयारी भइरहेको  छ। आयोजनालाई बोर्डले समेत कानुनी लडाइँ लड्न सैद्धान्तिक सहमति दिइसकेको छ।

मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा इटालीको निर्माण व्यवसायी कम्पनी सीएमसीले पाएको छ। सीएमसीले सन् २०१३ देखि काम शुरु गरेको थियो। तर, पटक-पटक विभिन्न बाहनामा काम रोक्ने र क्षतिपूर्ति माग्ने गरेको छ।

बोर्डका अध्यक्षसमेत रहेका खानेपानी मन्त्रालयका सचिव कृष्णराज बीसीले भने, ‘हाम्रो जुन नोट अफ डिसेन्ट छ, त्यस विषयमा सिंगापुर अदालतमा केस फाइल गर्न सैद्धान्तिक सहमति दिइएको छ।’

ठेकेदार कम्पनी सीएमसीले भूकम्पका कारण बढी समय काम गर्नुपरेको र लागत पनि बढेको दाबी गर्दै आएको छ। सीएमसीले सिन्धुपाल्चोकको अम्बाथान हेडवर्क्समा डाँडो धेरै काट्नु परेको भन्दै त्यसमा मात्रै ९७ करोड क्षतिपूर्ति दाबी गरेको छ।

अन्य शीर्षकमा थप ६८ करोड गरी जम्मा १ अर्ब ६५ करोड क्षतिपूर्ति पाउनुपर्ने दावी सीएमसीको छ। त्यसबाहेक काम सम्पन्न गर्न थप पाँच सय ७० दिन समय चाहिने ठेकेदार कम्पनी सीएमसीको माग छ। सीएमसीको यो दाबीमा आयोजनाको असहमति छ।

त्यसैले अदालत जानका लागि आवश्यक तयारी गरेको आयोजना सम्बद्ध अधिकारीहरु बताउँछन्। मेलम्ची खानेपानी आयोजना र ठेकेदारबीच आउने विवाद टुंग्याउन गठित समिति डिस्प्यूट एड्जुडिकेसन बोर्ड (डीएबी)मा ठेकेदार कम्पनीको दावीबारे गत शुक्रबार छलफल भएको थियो। 

छलफलको निष्कर्ष औपचारिक रुपमा सार्वजनिक भएको छैन। तर, निष्कर्ष चित्तबुझ्दो नआउने संकेत पाएपछि कानुनी लडाइँ लड्ने तयारी पनि सँगसँगै अगाडि बढाइएको छ। यदि डीएबीको निष्कर्ष चित्त नबुझे ३५ दिनभित्र अदालत जान सकिन्छ।

तर, विगतमा डीएबीबाट ६ पटकसम्म ठेकेदारको पक्षमा निर्णय आएपछि आयोजनाले क्षतिपूर्ति तिर्दै आएको छ। यसपटकको लडाइँ भने जित्ने गरी तयारी गरिरहेको मन्त्रालयका सचिव बीसी बताउँछन्। सचिव बीसीले भने, ‘अब कानुनी उपचार खोज्नुपर्छ भन्ने हामीलाई लागेको छ, त्यसका लागि आवश्यक प्रमाण जुटाउँदै छौं।‘

मेलम्ची खानेपानी आयोजना हेर्नका लागि नेपाल सरकारले छनोट गरेको परामर्शदाता कम्पनी इप्टिसाका टिम लिडर थोमस बारबिचलाई ठेकेदारको पक्ष नलिएको भन्दै पदबाट हटाइएको छ। थोमसले ठेकेदारको क्षतिपूर्ति दाबी गलत रहेको बताउँदै आएका थिए।

ठेकेदारको काम अनुसार थप ८० दिन थप समय र २८ करोड क्षतिपूर्ति दिए पुग्ने राय थोमसले दिएका थिए। ठेकेदारको पक्ष नलिएको आरोपमा तिनै इन्जिनियर थोमसलाई इप्टिसाले २२ जेठमा निलम्बन गरिदिएको छ।

तर, परामर्शदाताको टिम लिडरलाई हटाउनुअघि पूर्वस्वीकृति लिनुपर्छ। उनलाई हटाउँदा पूर्वस्वीकृतिसमेत नलिइएको मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरु बताउँछन्।


 

More form the Internet

loading...