Suvadin, Home

जुन पसलको चिया बोक्छु त्यही पसलकाे साहुजी बन्ने सपना छ

मेरो जीवनको उदेश्य ठुलो मान्छे बन्नु हो । तर, यो ठुलो मान्छे कसरी बनिन्छ, कसरी बन्ने भन्ने बाटो मैले आजसम्म भेटाउन सकेको छैन्, खोज्दै छु । आशा छ, कुनै दिन भेटाउने छु ।  मेले सोचेको ठुलो मान्छे कुनै नेता, हिरो, बिजनेसम्यान बन्छु भन्ने छैन् । अहिले म अहिले जुन लेभलमा छु । त्यो भन्दा माथिल्लो लेभलमा पुग्नु मेरो सपना हो । अहिले म चियाँ बोकेर हिडिरहेको छु । एकदिन यही पसल को म साहुजी बन्न सकुँ भन्ने मेरो सपना छ । 
भूमिराज चाैलागार्इ।

मेरो नाम भुमिराज चौलागाई । स्थायी घर झापा जिल्ला । झापाबाट म २०६७ सालमा काठमाडौं छिरेको हुँ । म अहिले २३ बर्ष भए । मैले आठ कक्षासम्म पढेकोे छु । 

आठ कक्षामा अध्ययन गर्दागर्दै मैले पढाई छाडे । अल्लारे उमेरमा खराब साथीहरुको संगतले गलत बाटो समय र पढाई छाडे । हाम्रो पारिवारिक अवस्था पनि कमजोर थियो । त्यसैले पनि पढाई अगाडी बढाउँन पाएन् ।

पारिवारिक अवस्था र आफ्नो पनि उमेर बढ्दै गएकाले मैले काम गर्नुपर्ने भयो । कामको खोजी गरिरहेको थिए । त्यतीकैमा गाउँको एकजना दाईले काठमाण्डौंमा चिया पसल खोलेर बस्नु भएको रहेछ । 

उनले काठमाडौं काम गर्न जान्छस् भन्नु भयो । मलाई पनि नयाँ ठाँउमा आउने रहर लागेकोले ‘हुन्छ’ भने । काठमाडौं कस्तो होला भन्ने जिज्ञासा पनि थियो । काठमाडौं झरेकै दिन् होटलवाला साहुजीकोमा चिया पुर्याउन थाले । लगातार चार बर्ष मैले चिया पुर्याउने काम गरे ।

लामो समय घरभन्दा बाहिर बसेकाले घरको सारै न्यास्रो लाग्यो र म घर गए । मैले घर फर्कने निधो गरे । नौ महिना घर बसे । सुरुका महिनाहरुमा त घरपरिवारसँग रमाई नै राखेको थिए । तर, घरपरिवारको आर्थिक अवस्था झन झन कमजोर र आफ्नो पनि उमेर बढ्दै गएकाले त्यसै बसी भएन् सोचे र फेरी काठमाडौं हानिए । 

यहाँ आएर म खेलकुदमा लागे । म किक बक्सिङ खेल्न थाले । मेहनत गर्दै जादा म किक बक्सिङको नेशनल प्लेयर सम्म भए । काठमाडौंमा आफै कमाएर आफैले खानबस्न व्यवस्था समेत गर्नुपर्ने थियो । होटलमा काम गरि बचेको समय म खेलकुदका लागि निकाल्थे । 

मेरो जीवनको उदेश्य ठुलो मान्छे बन्नु हो । तर, यो ठुलो मान्छे कसरी बनिन्छ, कसरी बन्ने भन्ने बाटो मैले आजसम्म भेटाउन सकेको छैन्, खोज्दै छु । आशा छ, कुनै दिन भेटाउने छु । 
मेले सोचेको ठुलो मान्छे कुनै नेता, हिरो, बिजनेसम्यान बन्छु भन्ने छैन् । अहिले म अहिले जुन लेभलमा छु । त्यो भन्दा माथिल्लो लेभलमा पुग्नु मेरो सपना हो । अहिले म चियाँ बोकेर हिडिरहेको छु । एकदिन यही पसल को म साहुजी बन्न सकुँ भन्ने मेरो सपना छ । 

तत्काल मेरा लागि यो गाह्रो पनि छ । मेरो सपना पुरा गर्न मलाई केही पैसाको खाचो पर्छ । जुन अहिले मसँग छैन् । काठमाडौंमा आजसम्म काम गर्दा कमाएको पैसाले यहाँको खानबस्न ठिक्क हुन्छ । घरबाट माग्ने अवस्था पनि छैन् । तर, म अहिले मेहनतका साथ काम गर्दैछु । थोरै थोरै भए नि पैसा जम्मा पार्दैछु । आफ्नो लगनशिलता, मेहनत र विश्वास भयो भने जे पनि गर्न सकिन्छ जस्तो मलाई लाग्छ । त्यसैले एकदिन अवश्य म यो चियापसल किन्ने छु ।  
 


 

More form the Internet

loading...