Suvadin, Home

अाज राति मिथुन उल्का वर्षा हुँदै, हेर्न चाहनेले यसो गर्नुहाेस्!

उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घर नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्वीर खिच्न सक्नेछन्। अवलोकनका लागि राति ८ः४५ देखि ३ः५६ बजेसम्मको समय अनुकूल हुनेछ।

काठमाडौँ,मंसिर २८ – मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ। सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरिक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुदाँ वायुमण्डलको करिब ७० कि मी माथि जलेर उल्का वर्षा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए। 

यो वर्ष क्षुद्रग्रह ३२०० फेथन आफैँ पृथ्वीको नजिक रहनेछ। उल्का वर्षको समयमा उल्काहरु मिथुन राशीबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामाकरण गरिएको हो।

उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घर नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्वीर खिच्न सक्ने छन्।

आज राति चन्द्रोदय ३ः५६ बजे र भोलि बिहान सूर्योदय ६ः४६ बजे हुने भएकाले अवलोकनका लागि राति ८ः४५ देखि ३ः५६ बजेसम्मको समय अनुकूल हुनेछ।


 

More form the Internet

loading...