Suvadin, Home

Cover Image

धादिङको महेशखोलामा माइक्रो खस्दा १३ जना घाइते 

काठमाडौं । धादिङमा माइक्रो र बस एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा १३ जना घाइते भएका छन् । 

चितवनको टाँडीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रो र काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ३१३४ नम्बरको बस आपसमा ठोक्किएका थिए ।   

एक आपसमा ठोक्किएपछि माइक्रो महेश खोलामा खसेको थियो । माइक्रोमा यात्रा गरेका १३ जना घाइते भएको प्रहरीले जनाएको छ । सबैको उद्दार गरिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुलाई नजिकको अस्पताल लगिसकिएको छ ।


 

More form the Internet

loading...