Suvadin, Home

प्रधानसेनापति क्षेत्रीद्वारा निरीक्षण

निरीक्षण भ्रमणको क्रममा उनले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

काठमाडौं, फागुन ७ –  प्रधानसेनापति राजेन्द्र क्षत्रीले साेमबार श्री पश्चिम पृतना हेडक्वाटरअन्तर्गत तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ राजदल गणको निरीक्षण भ्रमण गरेका छन।

निरीक्षण भ्रमणको क्रममा उनले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उनले भोलि लम्जुङस्थित श्री श्रीजंग गणमा सञ्चालन भईरहेको सामूहिक तालिम इलाकाको निरीक्षण, राइनस कोतस्थित द्रव्य शाहको कोत अवलोकन तथा दोस्रो बेंसीशहर लम्जुङ महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको सेनाले जनाएको छ।


 

More form the Internet

loading...