Suvadin, Home

विद्यार्थी परिषद्को मिसन साहसी काठमाडौंमा।
विद्यार्थी परिषद्को मिसन साहसी काठमाडौंमा।

संयोजक श्रेष्ठले प्रत्येक नारी आत्मरक्षाका लागि सबल सक्षम हुनु भनेकै मुलुक सशक्त हुनु भएको धारणा राख्नु भयो । सम्पूर्ण नारीहरुले आफ्नो आत्मसम्मान र आत्मरक्षाको लागि यस्ता प्रकारका तालिम लिएर व्यवहारमा उर्तान थालेमा निर्मला पन्तको जस्तो अवस्था सृजना नहुने बताउनु भयो ।

नारीहरुलाई आत्मरक्षा र आत्म विश्वास बढाउनका लागि तल्लिन प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आज काठमाडौंको बुढानिलकण्ठमा मिसन साहसी नामक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थी परिषद्को काठमाडौं महानगर इकाईले गत माघ १७ गतेबाट सञ्चालन गरेको मिसन साहसी नामक कार्यक्रम आज बुढानिलकण्ठमा एक समारोहका बीच सम्पन्न गरेको हो । यस कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकामा रहेको विभिन्न १० भन्दा बढी विद्यालयका १५ सय भन्दा बढी मिसन साहसीका तालिम लिएका छात्राहरु सहभागी भएका थिए ।

उक्त कार्यक्रममा महिलालाई आत्मरक्षा र आत्मविश्वासका लागि विभिन्न सेल्फ डिफेन्सका टेक्निकहरु सिकाउनुका साथै आत्मविश्वासका लागि वैचारिक ज्ञान दिइएको थियो । यस कार्यक्रमको समापन समारोहलाई संबोधन गर्दै बुढानिलकण्ठ नगरपालिकाका उपमेयर रमा न्यौपानेले विद्यार्थी परिषद्को यस कार्य एक उदाहरणीय कार्य भएको बताउनु भयो ।

वर्तमान समयमा महिलाहरु टाढाको व्यक्तिबाट भन्दा पनि आफ्नै आफन्त परिवारबाट हिंसामा परेको बताउदै उपमेयर न्यौपानेले सबै छात्राहरुलाई आफै सचेत र सजग रहन आग्रह गर्नु भयो ।

यस्तै समापन समारोहलाई संबोधन गर्दै विद्यार्थी परिषद्को राष्ट्रिय सह–संगठन सचिव रमेश कंडेलले आधुनिकताको नाममा भित्रिएको विकृति विसंगतिका कारण महिलामाथि हिंसा हुने गरेको बताउदै यसलाई न्युनिकरण गर्न र सचेत रहनु पर्ने बताउनु भयो ।

सह– संगठन सचिव कंडेलले महिलाहरुलाई आफू माथि भएको हिंसा सहेर नबस्न र अरु माथि भएका अत्याचार र हिंसाको पनि खुलेर प्रतिरोध गर्न आग्रह गर्नु भयो । पछिल्लो समय मानिसले इमान्दारिता सहनशीलता र नैतिकता विर्सदै गएका कारण दूव्र्यवहारको घटना बढेको बताउदै उहाँले पाठ्यपुस्तकमा पनि नैतिक शिक्षा राख्नु पर्नेमा जोड दिनुभयो ।

उक्त समापन समारोहमा बोल्दै विद्यार्थी परिषद्को राष्ट्रिय छात्रा प्रमुख एव अभियान संयोजन समितिको संयोजक भगवती श्रेष्ठले मुलकमा पछिल्लो समय बढदै गइरहेको महिला हिंसा, बलात्कार हत्या, यौन–दुव्र्यवहार जस्ता घटनाहरुको न्युनिकरणको पहलस्वरुप विद्यार्थी परिषद्ले मिसन साहसी अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

छात्रा प्रमुख श्रेष्ठले छात्राहरु आफैमा सबल सक्षम भए पनि मुलुकमा बढदो घटनाहरुका कारण उनीहरुको आत्म–विश्वास गिरेकाले आत्मरक्षा गर्न नसकिरहेको अवस्थामा यस कार्यक्रम सार्थक भएको उल्लेख गर्नुभयो ।

संयोजक श्रेष्ठले प्रत्येक नारी आत्मरक्षाका लागि सबल सक्षम हुनु भनेकै मुलुक सशक्त हुनु भएको धारणा राख्नु भयो । सम्पूर्ण नारीहरुले आफ्नो आत्मसम्मान र आत्मरक्षाको लागि यस्ता प्रकारका तालिम लिएर व्यवहारमा उर्तान थालेमा निर्मला पन्तको जस्तो अवस्था सृजना नहुने बताउनु भयो ।


 

More form the Internet

loading...