Suvadin, Home

श्रीलंकाले बारुलाको गुँड अन्तै सार्यो
मोदीलाई जोगाउन यस्तो उपाय

बारुलाका गुँड।

कोलम्बो,  वैशाख २७–भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्रीलंकाली अधिकारीहरूले कोलम्बोका केही स्थानबाट बारुलाका गुँड हटाउन लगाएका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका लागि बुधवार श्रीलंका जादैछन्। बुद्ध जयन्तीको उपलक्ष्यमा राजधानी कोलम्बोमा आयोजित वैशाखू नामक अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्री मोदीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ। 

एसियाकै ज्योति (लाइट अफ एसिया) का नामबाट विश्वभरका अरबौं शान्तिप्रेमी जनताले श्रद्धा र भक्ति गर्ने भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र मृत्यु (महा परिनिर्वाण) को स्मरण गर्दै वार्षिक जयन्ती मनाइने तिथि बैशाख शुक्ल पूर्णिमाको दिनलाई संयुक्त राष्ट्रसंघले पनि अन्तराष्ट्रिय रुपमा मान्यता दिई युनाइटेड नेसन्स डे अफ बैशाखू नामाकरण गरेको छ। 

युनाइटेड नेसन्स डे अफ बैशाखको उपलक्ष्यमा गरिने वार्षीक बौद्ध सम्मेलन यस वर्ष कोलम्बोमा आयोजित भैरहेको छ। 
सम्मेलन सम्बोधनपश्चात हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी तथा श्रीलंकाली राष्ट्रपति विक्रम रणसिंघे कोलम्बोको स्थानीय एक बिशाल चिया बगान भ्रमण गर्नेछन। 

प्रधानमन्त्री मोदीले भारतको आर्थिक सहयोगबाट उक्त चिया बगानमा नवनिर्मित एक सुबिधा सम्पन्न अस्पतालको उद्घघाटन गर्नेछन्। सो अवसरमा त्यहाँस्थित चिया बगान तथा भारतीय सम्पदा स्थलमा कार्यरत भारतीय नागरिकहरुलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन। 

हवाई मार्ग वा हेलिकोप्टर अवतरण गर्दा बिषालु बारुलाहरुले चिल्न सक्ने खतराबाट जोगाउन र प्रधानमन्त्री मोदीको ब्यक्तिगत शारिरीक सुरक्षालाई ध्यानमा राखी कार्यक्रम स्थलभन्दा दुइ किलोमिटर वरपरका अग्ला रुखहरुमा गुँड लगाएर बसेका हजारौंको संख्यामा रहेका बारुलाहरुलाई श्रीलंकाका अधिकारीहरुले टाढाको जंगलमा चाकासहित सारिदिएको श्रीलंकाको मौरी संरक्षण संगठनका प्रमुख तिस्सा बन्दरा थम्बाविताले बताएका छन्। 

गँ'ड स्थानान्तरण तथा अतिथिहरुलाई बारुलाबाट बचाउनका लागि आठ जना प्राबिधिकहरुलाई खटाइएको पनि थम्बाविताले जानकारी दिए। प्रधानमन्त्री मोदी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ। एजेन्सी
 


 

More form the Internet

loading...