Suvadin, Home

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गृहसचिवकाे निर्देशन

सापकोटाले प्रहरी सेवालाई अझै बढी सशक्त बनाउन नेपाल प्रहरीका रचनात्मक सुझाव कार्यान्वयन गर्न संयन्त्र बनाई समस्या समाधान गर्नुपर्ने बताएका छन्। सापकोटाले आगामी निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न गर्न प्रहरीलाई तयार रहन निर्देशन दिएका छन्।

काठमाडौ, कात्तिक २० – गृहसचिव मोहनकृष्ण सापकोटाले नेपाल प्रहरीकाे प्रधान कार्यालय निरीक्षण गरेका छन्। प्रहरी मुख्यालय निरीक्षण गर्न पुगेका सापकाेटाले प्रहरी कर्मचारीलाई राष्ट्रकाे सेवामा समर्पित हुन अाग्रह गरेका छन्। सापकोटालाई प्रहरी महानिरीक्षक प्रकाश अर्याल तथा वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए।

कार्यक्रममा सापकोटाले कठिन परिस्थितिमा पनि देशका लागि निरन्तर सेवा गर्ने र कर्तव्य पालना गर्ने नेपाल प्रहरीको प्रशंसा गरेका छन्। उनले बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै नीतिगत सुधार, ऐन कानून परिमार्जन र स्रोतसाधनको व्यवस्थापन गर्दै सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

सापकोटाले प्रहरी सेवालाई अझै बढी सशक्त बनाउन नेपाल प्रहरीका रचनात्मक सुझाव कार्यान्वयन गर्न संयन्त्र बनाई समस्या समाधान गर्नुपर्ने बताएका छन्। सापकोटाले आगामी निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न गर्न प्रहरीलाई तयार रहन निर्देशन दिएका छन्।

र, अपराध नियन्त्रण, भयमुक्त समाजको निर्माण, नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन उनले अाग्रह गरे। उक्त अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीको प्रशासनिक एवम् समसामयिक गतिविधिको प्रस्तुतिकरण तथा नेपाल प्रहरीको विकासक्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षाका बारेमा विस्तृत जानकारी दिएका छन्।

अर्यालले नेपाल प्रहरीको संरचना, मानवस्रोत व्यवस्थापन, प्रहरी एकार्इ गत सञ्जाल कार्यगत समूह, प्रहरी तालिमको स्थिति तथा कार्ययोजनाबारे जानकारी दिएका छन्।

उनले अपराध अनुसन्धान सम्बन्धी महत्वपूर्ण तथ्यहरु, देशभरको त्रिवर्षीय अपराध तथ्याङ्क, अपराध अनुसन्धानका विशिष्टीकृत एकाईहरु, प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय अपराध अनुसन्धान, प्रहरी मेरो साथी,वस्तुगत तथा वैज्ञानिक अनुसन्धानका प्रयास र उपलब्धीहरु एवम् भावी योजनाका बारेमा विस्तृत चर्चा गरेका छन्।

अर्यालले प्रहरी कार्यका विशिष्टीकृत एकाईहरु, प्रहरी सवारीसाधनको अवस्था, केन्द्रीय परिचालन कक्ष, विपद् उद्धारमा नेपाल प्रहरी, सवारी दुर्घटनाको संख्यात्मक स्थिति, ट्राफिक कारवाही, सवारी व्यवस्थापन, भौतिक संरचना, प्रतिनिधिसभा सदस्य तथा प्रदेश सदस्य निर्वाचन,संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागिता लगायतका विषयमा समेत प्रस्तुतिकरण गरेका छन्।

अर्यालले नेपाल प्रहरीमा स्वास्थ्य र कल्याण,संगठन सुधारमा वैदेशिक सहयोग, संघीयतामा प्रहरीको रुपान्तरण व्यवस्थापन,संगठन पुनर्संरचना,थप दरबन्दी प्रस्ताव, साधन स्रोतको आवश्यकता, सुरक्षा अवधारण र थप सेवा सुविधा प्रदान गर्न आग्रह गरेका छन्।


 

More form the Internet

loading...