Suvadin, Home

दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

आर्थीक वर्ष २०७३–७४ मा उपत्यकामा सवारी दुर्घटनामा १ सय ८२ जनाको मृत्यु भएकामा पैदलयात्रु ७९, मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ७७, ट्रक दुर्घटना चार, बस दुर्घटना सात, टेम्पो दुर्घटनामा एक र कार दुर्घटनामा नौजनाको मृत्यु भएको थियो। आथीर्क वर्ष २०७३–७४ मा पैदलयात्रुको धेरै मृत्यु भएपछि महाशाखाले पैदलयात्रुलाई लक्षित गरी सडकमै विशेष कक्षा सञ्चालन गरेपछि पैदलयात्रु मर्नेको सङ्ख्यामा कमी आएको हो। 

काठमाडौं, ३१ साउन – काठमाडौं उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४–७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १ सय ११ जनाको ज्यान गएको छ। सो अवधिमा १ सय ४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो। 

'मोटरसाइकल तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसकी पल्टिने गरेको छ', महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले भने। यस्तै पैदलयात्रु ६३, ट्रक चार, साइकल तीन, बस आठ, टेम्पो एक र कार दुर्घटनामा चार जनाको ज्यान गएको थियो। 

आर्थीक वर्ष २०७३–७४ मा उपत्यकामा सवारी दुर्घटनामा १ सय ८२ जनाको मृत्यु भएकामा पैदलयात्रु ७९, मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ७७, ट्रक दुर्घटना चार, बस दुर्घटना सात, टेम्पो दुर्घटनामा एक र कार दुर्घटनामा नौजनाको मृत्यु भएको थियो। आथीर्क वर्ष २०७३–७४ मा पैदलयात्रुको धेरै मृत्यु भएपछि महाशाखाले पैदलयात्रुलाई लक्षित गरी सडकमै विशेष कक्षा सञ्चालन गरेपछि पैदलयात्रु मर्नेको सङ्ख्यामा कमी आएको हो। 

उपत्यकामा मात्र आथीर्क वर्ष २०७४–७५ मा ११ हजार ५ सय ७ दुर्घटना भएकामा एक हजार ५ सय ८० ट्रक, एक हजार ३ सय २७ बस, ४ सय १० माइक्रो, ३ हजार ८ सय ९० कार, भ्यान, जीप, ४ हजार ४६ मोटरसाइकल, स्कुटर, १ सय ३ टेम्पो परेका थिए।
 


 

More form the Internet

loading...