Suvadin, Home
Citizen Bank 421.6k

Cover Image

भारतीय सांसदको अपमानजनक ‘ट्वीट’ – नेपाली चौकीदार !

काठमाडौं,२८ फागुन- भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन्।

सांसद अल्का लाम्बाले आफ्नो ट्वीटमा लेखेकी छिन्ः

प्रिय भारतवासी,

कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला।

चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ।

नेपालका चौकीदार चोर हुँदैनन्।

 

प्रिय #भारतवासियों
"कृप्या इस बार #प्रधानमंत्री चुनियेगा,#चौकीदार तो #नेपाल से भी मंगवा सकते हैं".

नेपाल के #चौकीदार #चोर नही होते ;).#LokSabhaElections2019

1,756

8:45 AM - Mar 12, 2019

Twitter Ads info and privacy

1,025 people are talking about this

 

 

उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी थिइन्।

उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वा्चित भएकी थिइन्। उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन्। एजेन्सी 


 

More form the Internet

loading...