Suvadin, Home

फुल्चोकी जंगलबाट हराएका तीन जनाको उद्धार 

फुल्चोकी घुम्न गएका उनीहरु हराएको सूचनापछि महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी निरीक्षक श्यामकुमार कटुवाल नेतृत्वको ९ जनाको टोली खटिएको थियो।

काठमाडौं, ७ माघ- ललितपुरको फुल्चोकी जंगलमा हराइरहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ। आइतबार दिउँसो फुल्चोकी जंगल घुम्न गएका नुवाकोट घर भई नयाँबजार काठमाडौं बस्ने १८ वर्षकी मल्लिका तामाङ, १७ वर्षकी मुस्कान तामाङ र महोत्तरी घर भई काठमाडौं क्षेत्रपाटी बस्ने १९ वर्षका अभिलेखप्रसाद साहको उद्धार गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

फुल्चोकी घुम्न गएका उनीहरु हराएको सूचनापछि महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी निरीक्षक श्यामकुमार कटुवाल नेतृत्वको ९ जनाको टोली खटिएको थियो। उद्दार गरिएका तीनजनालाई अभिभावकको जिम्मा लगाइएको ललितपुर प्रहरीले जनाएको छ।

यसअघि पुस २८ गते पनि गोदावरी नगरपालिका ३ फुल्चोकी जंगल घुम्न गएका १६ जना किशोर किशोरीलाई उद्धार गरिएको थियो।


 

More form the Internet

loading...