Suvadin, Home

Cover Image

मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरोले राजमार्ग अवरुद्ध

चितवन । मुग्लिन नारायणगढ सडकखण्डमा ठूला सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका वडा नम्बर - ६ तुइन खोला नजिक तीन नम्बर पुलमा मंगलबार राति ठूलो सुख्खा पहिरो गएको हो । 

पहिरो पन्छाउन तीनवटा जेसीबी परिचालन गरिएको भए पनि आवागमन सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार अहिले दुबैतिरको आवागमन ठप्प भएको छ । उक्त पहिरो पन्छाउन कम्तिमा पनि पाँच-छ घण्टा लाग्‍नसक्ने प्रहरीको अनुमान छ । 


 

More form the Internet

loading...