Suvadin, Home

Cover Image

मुम्बईमा पुल खस्यो, पाँच जनाको मृत्यु

विहीवार साँझ भएको यो घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। मानिसहरुको आवतजावत बढेको समयमा दुर्घटना भएको हो।

काठमाडौं,१ चैत्र-भारतको मुम्बईस्थित छत्रपति शिवाजी टर्मिनस (सिएमएमटी) रेल्वे स्टेशन नजिकै एक पुल खस्दा पाँच जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

विहीवार साँझ भएको यो घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। मानिसहरुको आवतजावत बढेको समयमा दुर्घटना भएको हो।

घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ। पुल खसेपछि आवागमन रोकिएको छ।

 


 

More form the Internet

loading...