Suvadin, Home

जग्गा विवादले उग्ररुप लिएपछि...
सहोदर दाजुका दुई छोराकाे खुकुरी प्रहारबाट हत्या 

बाजुरामा जग्गा विवादले उग्र रुप लिँदा एक व्यक्तिले छोराहरूको सहयोगमा सहाेदर दाजुका दुई छोराको हत्या गरेका छन्। त्रिवेणी नगरपालिका–८ कालापानीका  गोरख गिरी र उनका दुई छोरा २० वर्षीय छोरा योगेन्द्र तथा १६ वर्षीय दिनेशले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुरा।

काठमाडाैं, असाेज २८–बाजुरामा जग्गा विवादले उग्र रुप लिँदा एक व्यक्तिले छोराहरूको सहयोगमा सहाेदर दाजुका दुई छोराको हत्या गरेका छन्।

त्रिवेणी नगरपालिका–८ कालापानीका  गोरख गिरी र उनका दुई छोरा २० वर्षीय छोरा योगेन्द्र तथा १६ वर्षीय दिनेशले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

खुकुरी र खुँडा प्रहारबाट मोहन गिरीका दुई छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिए।  मोहन र गोरख सहोदर दाजुभाइ हुन्।

प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृत्यु भएको हो।  दाइ मोहन र भाइ गोरखबीच जग्गाका विषयमा भनाभन हुँदा खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ।  खुकुरी प्रहार गर्नेलाई प्रहरी नियन्त्रणमा लिइएको छ।  

मोहन र उनका अर्का छोरा नन्द गिरी घाइते भएका छन्।

माेहन र गाेरखबीच लामाे समयदेखि जग्गा विवाद रहेकाेमा केही दिन अघि मात्र स्थानीय प्रहरी चाैकीमा गएर झगडा नगर्ने सहमति गरेका थिए। तर, शनिबार बिहान उक्त घटना भएकाे हाे।


 

More form the Internet

loading...