Suvadin, Home

देवर हत्या गर्ने भाउजुलाई जन्मकैद

स वर्षीय देवरको हत्या गर्ने भाउजुलाई राजविराज जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले बालक हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो।

राजविराज, माघ १४– दस वर्षीय देवरको हत्या गर्ने भाउजुलाई राजविराज जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले बालक हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो।

फकिरा गाविस–५ घर भई हाल राजविराज नगरपालिका–५ मा बस्दै आएकी २२ वर्षीया साहले आफ्नै देवर प्रमोदकुमार साहको गत वैशाख २७ गते हत्या गरेकी थिइन्। बालक प्रमोदलाई कुटपिट गरेर हत्या गरी घरदेखि ६ सय मिटर दक्षिण राजविराज नगरपालिका–६ स्थित नालाको कल्भर्टमा शव फालेकी थिइन्। मृतकका बुबा उमेशकुमार साहले आरोपित बिरुद्ध गत वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। रासस


 

More form the Internet

loading...