Suvadin, Home

पाँचथर हत्या प्रकरण : बालिका भागेर बाँच्‍न सफल, एक साताअघि नुनमा सिसा मिसाइएको थियो

पाँचथर । सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका-३  आरुबोटेमा दुई परिवारका नौ जनाको विभत्सा हत्या भयो । अनुहार छोपेर आएका अज्ञात व्यक्तिले दुई परिवारका नौ जनाको हत्या गरेको घटना बाहिरीयो ।

उक्त घटनामा एक १२ वर्षीया बालिकाले भागेर बाँच्‍न सफल भइन् । भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए ।

घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनिन्, "पालैपालो सबैलाई हानेर भागे।" पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गााउँपालिका-३ आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको थियो । धारिलो हतियार प्रहार गरी सोमबार राति दुई परिवारका नौ जनाको हत्या भएको थियो । सदरमुकाम फिदिमबाट टाढा रहेको उक्त स्थानमा भएको घटना मंगलबार बिहानमात्रै जानकारीमा आएको थियो।

विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी र आसपासका चौकीहरुबाट टोलीहरु घटनास्थलतर्फ गइरहेका छन् । घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको उक्त कार्यालयले जनाएको छ । घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ ।

स्थानीयस्तरमा आयोजित एक कार्यक्रमका क्रममा ५ जनाको मृत्यु भएको घरमा खाना बनाइएकोमा खानामा प्रयोग गरिएको नुनमा सिसाको धूलो पनि हालेको पाइएको थियो । माखिमले भने, ‘‘त्यो खाना खाएर केही मान्छे बिरामी पनि भएका थिए । अहिले त्यही घरमा हत्या भएको छ । अचम्म लागिरहेको छ ।’’

प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त गाउँबाट नजिकै पर्ने भएकाले झापाबाट पनि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको अज्ञात व्यक्तिले हत्या गरेको पाइएको गाउँलेले बताएका छन्।

स्थानीय सामाजिक कार्यकर्ता अर्चना गुरुङका अनुसार धनराजको परिवारका ५ जनाको हत्या भएको बिहान गाउँलेले थाहा पाएका थिए। यसैगरी बमबहादुरको परिवारका चारजनाको हत्या भएको छ। धनराजका परिवारको शव घरभित्रै पाइएको थियो भने बमबहादुरका परिवारको शव घरबाहिर फेला परेको थियो।

हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, २६ वर्षीया मनकुमारी फियाक, ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, ८ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुमलगायत छन्।

१२ वर्षीया सीता खजुम भने भागेर बाँचेकी छन्। सामान्य घाइते उनलाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएको प्रहरीले जनाएको छ। उनले कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरेको प्रहरीलाई जानकारी दिएकी छन्।

पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरका अनुसार दशमी र राँकेस्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको छ। जिल्ला प्रंहरीको टोली त्यसतर्फ गइरहेको उनले बताए। हत्या कसले र किन गरेको भन्‍ने विषयमा अनुसन्धान भइरहेको छ । 


 

More form the Internet

loading...