Suvadin, Home

वनरक्षक हत्यामा ६ जनालाई थुना

जिल्ला अदालतले गत महिना खोक्लिङमा भएको वनरक्षक गणेशबहादुर शाही हत्या घटनाका मुख्य अभियुक्त सबिन लिम्बूसहित ६ जनालाई पुर्पक्षका लागि बिहीबार थुनामा राख्न आदेश दिएको छ। जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले खोक्लिङ–८ का सबिनसहित दावा शेर्पा, चेतबहादुर गुरुङ, कृष्ण भनिने सार्के गुरुङ, नन्दराम गुरुङ र वीरबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको हो।

ताप्लेजुङ, माघ २१ - जिल्ला अदालतले गत महिना खोक्लिङमा भएको वनरक्षक गणेशबहादुर शाही हत्या घटनाका मुख्य अभियुक्त सबिन लिम्बूसहित ६ जनालाई पुर्पक्षका लागि बिहीबार थुनामा राख्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले खोक्लिङ–८ का सबिनसहित दावा शेर्पा, चेतबहादुर गुरुङ, कृष्ण भनिने सार्के गुरुङ, नन्दराम गुरुङ र वीरबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको हो।

सामुदायिक वनको स्रोत सर्वेक्षण गर्नका लागि बोलाएर वनरक्षकको हत्या भएपछि प्रहरीले मुख्य अभियुक्त भनिएका सविनसहित १५ जनाविरुद्ध मुद्धा दायर गरेको थियो। नियन्त्रणमा रहेका १५ जनामध्ये खोक्लिङ ८ का पूर्णबहादुर लिम्बूलाई भने सादा तारेखमा छाडिएको छ। तोयानाथ लिम्बूलाई ५० हजार धरौटी माग गरेको छ।

यस्तै, विष्णुुलाल भनिने हरि पन्त, दलबहादुर लिम्बू, पदम गुरुङ र लालबहादुर लिम्बूलाई जनही ३० हजार धरौटी माग गरिएको छ। ताप्लेजुङ हाङदेवा-५ का रामबहादुर लिम्बू, ताप्लेजुङ नगरपालिका-६ का देउकला मादेन लिम्बू र रिया भनिने सोनिसा लिम्बूलाई जनही ४० हजार रुपैंँया धरौटी माग गरेको अदालतले जनाएको छ।

जाजरकोट, दशेरा-८ घर भई विगत दुई वर्षदेखि वनरक्षकमा कार्यरत शाहीको गत पुस १७ गते कार्यस्थलमा नै हत्या भएको थियो। खोक्लिङको ओइराखुस्थित बाघथला सामुदायिक वन समूहले सामुुदायिक वनको स्रोत सर्वेक्षणका लागि जिल्ला वन कार्यालयलाई अनुरोध गरेपछि जिल्ला वन कार्यालयले वनरक्षक शाहीलाई सर्वेक्षणका लागि खोक्लिङ पठाएको थियो।

निजी र सामुदायिक वनका विषयमा भएको विवाद साम्य गर्न खोजिरहेका बेला सोही स्थानमा नै शाहीमाथि सविन लिम्बूले नजिकै रहेका दावाको साथबाट खुकुरी झिकेर प्रहार गरेको प्रहरीको भनाइ छ। रासस


 

More form the Internet

loading...