Suvadin, Home

नवलपरासीमा पुल भाँचिदा अवरुद्ध  पूर्व पश्चिम राजमार्ग सुचारु 



काठमाडौँ, मंसिर २६
नवलपरासीको दलदले नजिक बहुला खोलाको पुलमा गुडिरहेको ट्रकले ठक्कर दिए पछि पुल भाँचिएर अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग दुईतर्फ सुचारु भएको छ । आज राती पुल भाँचिदा  करीब ३\४ किमी टाढासम्म सवारी साधनको लामो लाइन लागेको  थियो ।
प्रहरीले दिउँसो दुई तर्फ डाइर्भसन निर्माण गरी बाटो सुरुचारु गरिएको नवलपरासीका प्रहरी इन्पेक्टर रविन्द्र वुढाथोकीले बताए । पुलको  पूर्व र पश्चिम दुर्व तर्फ प्रहरीले डाईभर्सन बनाए पछि आवजतावत केही सहज भए पनि  करीब १२ घण्टा यताको सवारी जाम भने अझ कम नभएको उनले बताए । सडक अवरुद्ध बने पछि सयौ यात्रुहरु अलपत्र परेका थिए ।


 

More form the Internet

loading...