Suvadin, Home

मृतक म्यादी प्रहरीको परिवारले पाउने भए २५ लाख

बैठकले घटनामा परी घाइते हुनेहरूको निःशुल्क उपचार गराउने निर्णय पनि गरेको छ। विनाविभागिय मन्त्री महेन्द्रबहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको हो।

काठमाडौं, पुस ९ –प्रहरीको गोली लागि मृत्यु भएका म्यादी प्रहरी विवेक ऐडीको परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई १० लाख रुपैयाँ दिने र घटनाको छानबिन गर्न समिति गठन गर्ने बैठकले निर्णय गरेको छ।

त्यस्तै, बैठकले घटनामा परी घाइते हुनेहरूको निःशुल्क उपचार गराउने निर्णय पनि गरेको छ। विनाविभागिय मन्त्री महेन्द्रबहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको हो।

यस्का साथै बाकी १५ लाख म्यादी प्रहरी हुँदा गरिएको बिमाबाट दिइने छ।


 

More form the Internet

loading...