Suvadin, Home
निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले सेनालाई निर्वाचनमा प्रत्यक्ष प्रयोग नगरिने बरु ‘ब्याक फोर्स’ का रुपमा रहने बताएका छन्। उनले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको र एकै चरणमा गराउने गरी आयोगले तयारी थालेको पनि बताए।
अायुक्त दाहाल।

विराटनगर, चैत २९– निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले सेनालाई निर्वाचनमा प्रत्यक्ष प्रयोग नगरिने बरु ‘ब्याक फोर्स’ का रुपमा रहने बताएका छन्। 

उनले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको र एकै चरणमा गराउने गरी आयोगले तयारी थालेको पनि बताए। यहाँ मंगलबार बिहान पत्रकारसँगको भेटघाटमा उनले मतदाता परिचयपत्र र मतपत्र छपाइ अन्तिम चरणमा पुगेको र निर्वाचन प्रशिक्षण पनि भइरहेको बताएका छन्।

राजनीतिक रुपमा देखिएका केही समस्या समाधान हुने विश्वास पनि उनले व्यक्त गरे। प्रदेश नम्बर २ का जनता पनि निर्वाचनको पक्षमा उत्साहित देखिएको र केही दिनमै त्यहाँ मतदाता शिक्षालगायत कार्यक्रम सञ्चालन गरिने जानकारी आयुक्त दाहालले दिएका छन्।


 

More form the Internet

loading...