Suvadin, Home

विद्युत प्रसारण प्रणाली सञ्चालन गर्न दुई दिन लाग्छः प्राधिकरण

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार तराई क्षेत्रका ३३ केभी प्रसारण लाइन हावाहुरीका कारण सबैभन्दा बढी क्षति भएको छ। महेन्द्रनगरबाट शुरु भएको हावाहुरीले सयौँ घर तथा आवासको छाना उडाउनुका साथै प्राधिकरणको वितरण प्रणालीमा समेत ठूलो क्षति पुगेको छ। हावाहुरीका कारण ढलेको खम्बा तथा तार तान्ने काम सम्पन्न गर्न कम्तीमा पनि दुई दिन लाग्ने प्रवक्ता अधिकारीले जानकारी दिए।
नेपाल विद्युत प्राधिकरण।

काठमाडौं, १ जेठ – हावाहुरीका कारण आइतबार राति तराई–मधेश क्षेत्रस्थित नेपाल विद्युत प्राधिकरणको प्रसारण प्रणालीमा क्षति भएको र त्यसलाई सञ्चालनमा ल्याउन अझै दुई दिन लाग्ने भएको छ। 

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार तराई क्षेत्रका ३३ केभी प्रसारण लाइन हावाहुरीका कारण सबैभन्दा बढी क्षति भएको छ। 

महेन्द्रनगरबाट शुरु भएको हावाहुरीले सयौँ घर तथा आवासको छाना उडाउनुका साथै प्राधिकरणको वितरण प्रणालीमा समेत ठूलो क्षति पुगेको छ। 

हावाहुरीका कारण ढलेको खम्बा तथा तार तान्ने काम सम्पन्न गर्न कम्तीमा पनि दुई दिन लाग्ने प्रवक्ता अधिकारीले जानकारी दिए। 

आज दिनभरमा विराटनगर क्षेत्रको ६० प्रतिशत प्रसारण प्रणालीलाई पुनःसञ्चालनमा ल्याइएको छ। ठूला प्रसारण लाइनमा क्षति नपुगेको भए पनि ३३ केभी र ११ केभीका प्रसारण लाइन हावाका कारण बढी प्रभावित भएका छन्। 

यस्तै कालीगण्डकी–बुटवल खण्डको १३२ केभी प्रसारण लाइनको एउटा सर्किटमा समेत समस्या आएको छ। प्राकृतिक विपत्तिका कारण परेको समस्या समाधान गर्न प्राधिकरण लागि परेकाले धैर्यधारण गर्न सम्बन्धीत सबैमा आग्रह गरिएको छ। 

महेन्द्रनगर, कोहलपुर, नेपालगञ्ज, बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, जनकपुर, दुहवी र बिर्तामोडसम्म पनि समस्या पैदा भएको प्रवक्ता अधिकारीको भनाइ छ। 

वितरण प्रणाली सुधार गर्न प्राधिकरणले उल्लेख्य मात्रामा जनशक्ति परिचालन गरेको जनाएको छ। हावाहुरीका कारण पोल तथा तार ढलेको र लत्रेको भए प्राधिकरणको सम्बन्धित वितरण केन्द्र तथा जिल्ला कार्यालयलाई जानकारी दिनसमेत आग्रह गरिएको प्रवक्ता अधिकारीको भनाइ छ। 

प्राधिकरणले आइतबार साँझदेखि नै औद्योगिक करिडोरको विद्युतभार कटौती अन्त्य गरेको थियो । तर रातभर चलेको हावाहुरीका कारण प्रणालीमा समस्या आउँदा तराईको जनजीवनसमेत प्रभावित हुन पुगेको छ। 

कतिपय स्थानमा के–कति क्षति भयो भन्ने विवरण आउनसमेत बाँकी रहेको छ। हावाहुरीका कारण पूर्वाञ्चलको पहाडी क्षेत्रको प्रसारण प्रणालीसमेत अवरुद्ध भएको छ।


 

More form the Internet

loading...