Suvadin, Home

विशेष सम्पादकीयः संयम् बनाैँ, सहयाेगका लागि जुटाैँ
बाढीको बितण्डाः दोषि भारत होइन, अव्यवस्थित शहरीकरण

अतिवर्षाका कारण पहाडी र हिमाली क्षेत्रको भिरालो जमीन खस्नु, पहिरो जानु त स्वाभाविक नै छ। तर, तराई–मधेश किन यति धेरै क्षतिग्रस्त हुन पुग्यो? किन गत वर्षहरुभन्दा डुबानको समस्या बढी देखियो? इटहरी जस्तो मुख्य बजार क्षेत्र नै किन डुबानमा पर्यो त? यसको कारण खोज्नै पर्छ।
डुबानमा परेकाे वस्ती।

मुलुकका पहाडी र हिमाली क्षेत्रका बासिन्दा पहिरोको प्रताडनाबाट आक्रान्त छन्। तराई–मधेशका नागरिक बाढीको बबण्डरसँग लडिकरहेका छन्। वर्षा, बाढी, पहिरो प्राकृतिक पक्ष हुन्। फेरि यस वर्ष पानी बढी मात्रामा पर्नुमा आफ्नै कारण पनि छ। तर, यसको प्रभाव गत वर्षहरुभन्दा धेरै देखिनु चाहिँ बहस, अध्ययन र अनुसन्धानको विषय हो। अतिवर्षाका कारण पहाडी र हिमाली क्षेत्रको भिरालो जमीन खस्नु, पहिरो जानु त स्वाभाविक नै छ। तर, तराई–मधेश किन यति धेरै क्षतिग्रस्त हुन पुग्यो? किन गत वर्षहरुभन्दा डुबानको समस्या बढी देखियो? इटहरी जस्तो मुख्य बजार क्षेत्र नै किन डुबानमा पर्यो त? यसको कारण खोज्नै पर्छ। नत्र आगामी वर्षहरुमा अझै ठूलो बाढीको बबण्डर व्यहोर्न तयार भए हुन्छ। बाढीको कारण अहिले भारतलाई दिइँदै छ। तर, यसको वास्तविक कारण अर्कै पछिल्लो दश वर्षमा नेपालको तराई–मधेशको भूभागमा कति घर थपिए? र, कसरी बनाइए? हो, यो नै बाढीको मुख्य कारक हो।

बाढीको कारण अहिले भारतलाई दिइँदै छ। तर, यसको वास्तविक कारण अर्कै पछिल्लो दश वर्षमा नेपालको तराई–मधेशको भूभागमा कति घर थपिए? र, कसरी बनाइए? हो, यो नै बाढीको मुख्य कारक हो।

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, महोत्तरीदेखि चितवन हुँदै कञ्चनपुरसम्म २ सय प्रतिशतसम्म घर तथा वस्ती थपिएका छन्। झापाको मुख्य बजार दमक र बिर्तामोडमा खोला मिचेर घर निर्माण गरिएको छ। विराटनगरको स्थिति उस्तै छ। इटहरीमा घर निर्माणको लहर अत्यन्तै बढेको छ। तर, घर कसरी कहाँ बनाइँदै छ भन्ने विषयमा अझै पनि राज्यले खोजखबर गरेको छैन। २ सयदेखि १० हजारसम्म खल्तीमा परेपछि सम्बन्धित निकायबाट जग्गा पास हुन्छ। यही कारण हो बाढीको। खोला मिचेर घर बनाएपछि खोलाले आफ्नो बाटो खोज्छ। र, बगर मिचेर बनाइएको शहर उधिनेर निमिट्यान्न पारिदिन्छ। त्यसैले बाढी आयो, डुबायो भन्नुभन्दा पनि हामीले पैसाका लागि गरेको गल्ती सम्झिनु सबैभन्दा बुद्धिमानी हुन्छ।  

प्राकृतिक विपत्ति नियन्त्रण तथा उद्दार समिति र नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री वितरण गरेपनि त्यो पर्याप्त छैन। तसर्थ विस्थापितलाई गाँसबासको प्रबन्ध गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ।

पूर्वाधार नहुँदा तराई –मधेशका नागरिक बडो कष्टपूर्ण दैनिकी गुजार्न बाध्य छन्। त्यसमाथि हिउँदमा शितलहर र वर्षायाममा बाढीबाट बर्सेनि विस्थापनमा परिरहेका त्यहाँका नागरिक अहिले उही पूरानो संकटसँग जुधिरहेका छन्। आकाशमा बादल मडारिन थालेपछि दिउसैदेखि सुरक्षित बासको जोहो गर्न जुट्ने सप्तरीको कोशीपारीका नागरिको पीडा राज्यले कहिले बुझ्छ? त्यहाका नागरिक सहायताको प्रतीक्षामा छन्। सप्तरीमा कोशीको बाढीले हजारौं नागरिकको उठिबास पारेको छ। प्राकृतिक विपत्ति नियन्त्रण तथा उद्दार समिति र नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री वितरण गरेपनि त्यो पर्याप्त छैन। तसर्थ विस्थापितलाई गाँसबासको प्रबन्ध गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ। वर्षायामका स्वास्थ्यप्रति गम्भीर बन्न पनि त्यतिकै जरुरी छ। पानीका स्रोतहरुमा दुषित र जिवाणुयुक्त भेल मिसिएपछि पानी प्रयोग गर्न योग्य हुँदैन। ग्रामीण क्षेत्रमा आँउ, झाडापखाला, ज्वरो आदि रोगको समस्या आउने कारण पनि दुषित पानी नै हो। तसर्थ ती क्षेत्रमा पिउने पानी तथा अन्य आवश्यक खाद्य सामग्री पनि पुर्याउनु पर्छ। 

अरुलाई दोष दिएर आफ्नो कुण्ठा साँध्नुभन्दा बाढीपीडितको राहत र उद्दारमा जुट्नुमा नै सबैको भलाई छ। त्यसैले आफू सुध्रिने प्रण गर्दै बाढी तथा पहिरोपीडितको गाँसबासको प्रबन्ध गर्न आ–आफ्नो क्षेत्रबाट लागौँ।

तराई–मधेशका ठूला नदी र बर्खे खोलामा बाढी आएपछि करीब दुईतिहाई जनसंख्या कष्टकर दैनिकी झेल्न बाध्य भएको छ। शहरी क्षेत्रमा नै अव्यवस्थित रुपमा निर्माण गरिएका घर तथा भवनका कारण बाढीको वितण्डालाई थप बल पुगेको छ। वर्षायाममा सर्प तथा अन्य जनावर सुरक्षित स्थानको खोजी गर्दै घरमा पस्ने भएकाले सचेत रहनु पर्छ। त्योभन्दा पनि महत्वपूर्ण, बालबालिकालाई जोगाउनु हो। घर नजिक रहेका खाल्डाखुल्डीमा खेल्दा बालबालिकाको अनायशै ज्यान जाने गरेको दृष्टान्त पटक पटक हाम्रो सामु आएका छन्। त्यसैले बालबालिकालाई विशेष निगरानी र सचेतना प्रदान गरौँ। त्योभन्दा धेरै त अहिले हामी सबै एकजुट हुने बेला हो। अरुलाई दोष दिएर आफ्नो कुण्ठा साँध्नुभन्दा बाढीपीडितको राहत र उद्दारमा जुट्नुमा नै सबैको भलाई छ। त्यसैले आफू सुध्रिने प्रण गर्दै बाढी तथा पहिरोपीडितको गाँसबासको प्रबन्ध गर्न आ–आफ्नो क्षेत्रबाट लागौँ।


 

More form the Internet

loading...