Suvadin, Home

देश उपनिर्वाचनमय हुँदा बुटवलमा घन्कियो 'गो ब्याक इन्डिया'

सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुटवलमा नेपाली भूमि फिर्ता गर्न माग गर्दै गो ब्याक इन्डियाको नारा घन्काएका छन् । 

बुटवल । सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुटवलमा नेपाली भूमि फिर्ता गर्न माग गर्दै गो ब्याक इन्डियाको नारा घन्काएका छन् । 

भारतीय नक्सामा आफ्नो देशको भूमि पारेकोभन्दै  विभिन्न कलेजमा अध्ययनरत अखिलका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । 

देश उपनिर्वाचन मय बनिरहे पनि सत्तारुढ दलकै भातृ संगठन अनेरास्ववियुले भने ‘गो ब्याक इन्डिया, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो नेपाली भूमि फिर्ता गर, लिपुलेक कालापनी र लिम्पियाधुरा हाम्रो हो, मिचिएको हाम्रो भूमि फिर्ता गर’ जस्ता नारा लेखिएका पर्चा पम्पलेटसहित नाराबाजी गरी भारतविरुद्ध प्रदर्शन गरेका हुन् । 

लुम्बिनी वाणिज्य क्याम्पस देविनगरबाट शुरू भएको प्रर्दशन राजमार्ग चौराह हुँदै मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई विभिन्‍न नेताहरूले सम्बोधन गरेका थिए । 


 

More form the Internet

loading...