Suvadin, Home

७२ घन्टाका लागि सीमाना बन्द

भारतकाे उत्तराखण्डम हुने विधानसभा निर्वाचनलाई मध्यनजर गरेर पश्चिमी सीमा नाकामा सुरक्षा सर्तकता बढाइएको छ। ७२ घण्टाका लागि नाका सिल गरेर सुरक्षा गस्ती बाक्लो पारिएको हो। भारतसँग जोडिएका महाकालीका कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका सीमा नाका आइतबार साझबाट सिल गरिएकाे हाे। बुधबार उत्तराखण्डमा निर्वाचन सकिएलगत्तै ती नाका खोलिने स्थानीय प्रशासनले जनाएको छ।

महेन्द्रनगर, फागुन २– भारतकाे उत्तराखण्डम हुने विधानसभा निर्वाचनलाई मध्यनजर गरेर पश्चिमी सीमा नाकामा सुरक्षा सर्तकता बढाइएको छ। ७२ घण्टाका लागि नाका सिल गरेर सुरक्षा गस्ती बाक्लो पारिएको हो।

भारतसँग जोडिएका महाकालीका कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका सीमा नाका आइतबार साझबाट सिल गरिएकाे हाे। बुधबार उत्तराखण्डमा निर्वाचन सकिएलगत्तै ती नाका खोलिने स्थानीय प्रशासनले जनाएको छ।

कञ्चनपुरको गड्डाचौकी, ब्रम्ह्देब, दोधारा चाँदनी र बेलौरी सीमा नाका बन्द छन्। बैतडीका झुलाघाट, दार्चुलाका खलंगा, जौलजिबी र दत्तु नाका पनि बन्द रहेको प्रहरीले जनाएको छ । चुनावमा अवाञ्छित क्रियाकलाप नहोस् भनेर भारत सरकारको आग्रहमा सीमाना बन्द गरिएका हुन्।


 

More form the Internet

loading...