Suvadin, Home

कैलाली र कञ्चनपुरस्थित नेपाल-भारत सीमा बन्द

कैलाली र कञ्चनपुर जिल्लास्थित सीमा नाका भारतले ४८ घन्टाका लागि बन्द गरेको छ। भारतले निर्वाचनका लागि सुरक्षा संवेदनशीलताकाे कारण देखाउँदै सीमा नाका बन्द गरेको हो । भारतको उत्तराखण्डमा फागुन ४ गतेदेखि हुने विधानसभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमाना जोडिएका कैलाली, कञ्चनपुरका नाका हिजो बेलुकी ५ बजेदेखि फागुन ४ गतेसम्मका लागि बन्द गरेको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन् । 

कैलाली, फागुन ३


कैलाली र कञ्चनपुर जिल्लास्थित सीमा नाका भारतले ४८ घन्टाका लागि बन्द गरेको छ। भारतले निर्वाचनका लागि सुरक्षा संवेदनशीलताकाे कारण देखाउँदै सीमा नाका बन्द गरेको हो ।

भारतको उत्तराखण्डमा फागुन ४ गतेदेखि हुने विधानसभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमाना जोडिएका कैलाली, कञ्चनपुरका नाका हिजो बेलुकी ५ बजेदेखि फागुन ४ गतेसम्मका लागि बन्द गरेको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन् । 

विधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतीय पक्षले सीमा नाकामा बन्द गरी उच्च सतर्कता बढाएको उपरीक्षक चन्दले बताए । उत्तराखण्ड राज्यमा पनि एकै दिन विधानसभा चुनाव परेकोले बैतडी र दार्चुलाका सीमा नाका पनि यसअघि बन्द भइसकेका छन् । रासस 
 


 

More form the Internet

loading...