Suvadin, Home

नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती

सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले यस्तो संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाशकुमार ढकाल जानकारी दिए।

नवलपरासी, १८ वैशाख –  पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ।

सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले यस्तो संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाशकुमार ढकाल जानकारी दिए।

नेपाल—भारत दशगजा क्षेत्र नवलपरासीको पाल्हीनन्दन–२, गोपालपुर ५०५ नं पिलरदेखि शुरु भएको गस्ती पाल्हीनन्दन–६ गेर्मीस्थित पिल्लर नं ५०८ सम्म भएको सशस्त्र प्रहरी निरीक्षक ढकालले बताए।

त्यसकाे संयुक्त सीमा सुरक्षा गस्तीमा भारतीय सीमा सुरक्षाकर्मीको नेतृत्व भारतीय एसएसबी ठुठीवारीका प्रहरी निरीक्षक रागबेन्द्र सिंह र नेपालतर्फ सशस्त्र प्रहरी, हरपुरका सशस्त्र प्रहरी निरीक्षक ढकालले गरेका थिए।

त्यसकाे संयुक्त सीमासुरक्षा गस्तीमा भारतीय एसएसबी ठुठीबारीका तर्फबाट ११ जना र नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरी हरपुरका १३ जना सुरक्षाकर्मीको सहभागिता रहेको थियो।


 

More form the Internet

loading...