Suvadin, Home

धुर्मुससुन्तलीः विधि बदल्ने कलाकार दम्पती

‘मुलुकको स्वास्थ्य क्षेत्रका लागि वीर अस्पताल पहिचान हो। आमनागरिकको भरोशाको केन्द्र पनि हो,’ सामाजिक अभियन्ता एवं कलाकार सीताराम कट्टेल धुर्मुसले शुभदिनसँग भने, ‘त्यसैले हामीले वीर अस्पतालको समग्र प्रगतिका लागि अभियान सञ्चालन गरेका हौं।’ मानिसको प्रत्यक्ष सरोकारसँग जोडिएको विषयमा सचेत नागरिकहरु नै जागरुक हुनु पर्ने उनले बताए। धुुर्मुसको टिम अहिले बिहानदेखि राति अबेरसम्म वीर अस्पतालको सरसफाई, रङ्गरोगन तथा बाहिरी व्यवस्थापनमा खटिँदै आएको छ।
सीताराम कट्टेल र कुञ्जना घिमिरे।

काठमाडौं, ८ जेठ – वीर अस्पताल। नेपालको सबैभन्दा पुरानो र ७७ वटै जिल्लाका नागरिकले सुलभ स्वास्थ्य सेवा लिने सरकारी अस्पताल। वि.सं. १९४६ सालको साउन महिना वीरशमशेर राणाद्वारा स्थापित अस्पतालमा दिइने सेवा र बाहिरी सरसफाईका विषयमा पटक–पटक प्रश्न उठ्ने गरेको छ।

यद्यपि, सुधारका प्रयास पनि नभएका होइनन्। तर, सामुहिक र सशक्त अठोट नै वीर अस्पतालको भौतिक सुधारका लागि आवश्यक थियो भन्ने प्रमाणित भएको छ अहिले। धुमुससुन्तली फाउण्डेशन र केही अन्य सामाजिक अभियन्ता अगुवाईमा वीर अस्पतालको सरसफाई र रङ्गरोगन भइरहेको छ।

सरसफाईमा धुर्मुससुन्तली फाउण्डेशनका तर्फबाट १० जना परिचालित छन्। त्यसैगरी सामाजिक अभियन्ता खेम शर्माको टिमबाट १५ जना तथा रङ्गरोगनका लागि ६३ जनासहित करिब १ सय जनाको समूहले वीर अस्पतालको मुहार फेर्ने अभियान सञ्चालन गरिरहेको छ।

‘मुलुकको स्वास्थ्य क्षेत्रका लागि वीर अस्पताल पहिचान हो। आमनागरिकको भरोशाको केन्द्र पनि हो,’ सामाजिक अभियन्ता एवं कलाकार सीताराम कट्टेल धुर्मुसले शुभदिनसँग भने, ‘त्यसैले हामीले वीर अस्पतालको समग्र प्रगतिका लागि अभियान सञ्चालन गरेका हौं।’

मानिसको प्रत्यक्ष सरोकारसँग जोडिएको विषयमा सचेत नागरिकहरु नै जागरुक हुनु पर्ने उनले बताए। धुुर्मुसको टिम अहिले बिहानदेखि राति अबेरसम्म वीर अस्पतालको सरसफाई, रङ्गरोगन तथा बाहिरी व्यवस्थापनमा खटिँदै आएको छ।

‘अब हाम्रो लक्ष्य अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने हो,’ कलाकार एवं सामाजिक अभियन्ता सीताराम कट्टेलले भने, ‘यसै कार्यका लागि प्रारम्भिक प्राविधिक तयारीमा जुटिरहेका छौं।’

क्रिकेट रंगशाला निर्माणको तयारी

सामाजिक अभियानमा खटिएका कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुससुन्तली)ले भूकम्पपछि ४ स्थानमा एकीकृत वस्ती निर्माण गरे। धुर्मुससुन्तली फाउण्डेशनले गैरनाफामूलक ढंगले उक्त कार्य सम्पन्न गरेको हो। 

‘अब हाम्रो लक्ष्य अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने हो,’ कलाकार एवं सामाजिक अभियन्ता सीताराम कट्टेलले भने, ‘यसै कार्यका लागि प्रारम्भिक प्राविधिक तयारीमा जुटिरहेका छौं।’

अहिलेसम्म व्यक्तिगत प्रयाससँगै नेपालसहित विभिन्न देशमा रहेका सर्वसाधारणको सहयोगमा ४ वटा एकीकृत वस्ती निर्माण गरिसकेपछि अब धुमुससुन्तली फाउण्डेशनको लक्ष्य अन्तर्राष्ट्रियस्तरको क्रिकेटमैदान निर्माण गर्ने हो। जसका लागि सरकारसँग समन्वय भइरहेको सामाजिक अभियन्ता कट्टेलले जनाएका छन्।

धुर्मुस र सुन्तलीले आफ्नो कलाले मात्रै होइन, प्रत्यक्ष कामले नै धेरै नागरिकलाई मनैदेखि हँसाएका छन्। वि.सं. २०७२ सालको भूकम्पबाट क्षतविक्षत भएको क्षेत्रमा धुर्मुस र सुन्तलीले आधुनिक वस्ती निर्माण गरेका छन्।

पुनर्निर्माणमा देखाएको पौरख

सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) नेपाली कला क्षेत्रमा अहिलेका सबैभन्दा लोकप्रिय हाँस्य कलाकार हुन्।

धुर्मुस र सुन्तलीले आफ्नो कलाले मात्रै होइन, प्रत्यक्ष कामले नै धेरै नागरिकलाई मनैदेखि हँसाएका छन्।

वि.सं. २०७२ सालको भूकम्पबाट क्षतविक्षत भएको क्षेत्रमा धुर्मुस र सुन्तलीले आधुनिक वस्ती निर्माण गरेका छन्।

धुर्मुस र सुन्तलीले महोत्तरीको बर्दिबासमा एकीकृत नमूना मुसहर वस्ती निर्माण गरेका छन्। सिन्धुपाल्चोकदेखि सप्तरीसम्म पुग्दा उनीहरुले गरेको कार्यका सूची निकै लामो बन्छ।

धुर्मुससुन्तली फाउण्डेशन

कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस र सुन्तली)द्वारा सञ्चालित संस्था ‘धुर्मुस र सुन्तली फाउण्डेशन’ सामाजिक कार्यका लागि परिचय बनाउँदै गएको छ।

काभ्रेपलाञ्चोकको पाँचखाल–६ स्थित डाँडागाउँमा नमूना वस्ती निर्माण गरेर सरकारी निकायलाई गतिलो मुक्का प्रहार गरेका धुर्मुस र सुन्तलीले गिरानचौर नमूना वस्ती निर्माण गरेर पुनर्निर्माण प्राधिकरणलाई लज्जित बनाइँदिए। उक्त वस्तीमा ५ करोड रुपैयाँको लगानीमा ६५ वटा घर निर्माण गरिएको छ।

त्यसैगरी, धुर्मुस र सुन्तलीले महोत्तरीको बर्दिबासमा एकीकृत नमूना मुसहर वस्ती निर्माण गरेका छन्। सिन्धुपाल्चोकदेखि सप्तरीसम्म पुग्दा उनीहरुले गरेको कार्यका सूची निकै लामो बन्छ। 

गएको माघ २४ गतेका दिन धुर्मुससुन्तली फाउण्डेशनले रौतहटमा निर्माण गरेकोे सन्तपुर एकीकृत नमूना वस्ती हस्तान्तरण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नै पुगिन्।

भूकम्पपीडित, मुसहर र माझी समुदायलाई नयाँ घर

गएको माघ २४ गतेका दिन धुर्मुससुन्तली फाउण्डेशनले रौतहटमा निर्माण गरेकोे सन्तपुर एकीकृत नमूना वस्ती हस्तान्तरण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नै पुगिन्। 

धुर्मुससुन्तली फाउण्डेशनद्वारा चन्द्रपुर नगरपालिका–८ मा निर्मित घर राष्ट्रपति भण्डारीले नमूना वस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गरिन्।

साउन महिनामा आएको बाढीबाट घरबारविहीन भएका आदिबासी माझी समुदायका नागरिकहरु अहिले बाढीले केही गर्न नसक्ने घरको ओतमा छन्। पाँच करोड ९५ लाखको लागतमा निर्मित भएको उक्त वस्तीको निर्माणमा फाउण्डेशनका संस्थापक एवं कलाकार सीताराम कट्टेल आफैँ लागे।

वि.सं. असोज २८ गतेदेखि त्यही बसेर आफैँ खटेर वस्ती निर्माण सम्पन्न गरे। र, माघ महिनाको २४ गते राष्ट्रपति भण्डारीबाट साँचो सुम्पिएर धुर्मुस फर्किए। ‘दशैं, तिहार र छठ पनि त्यही मनाइयो, २ सय ६१ कामदार दिनरात, घामपानी केही नभनी काम गरेर १ सय १५ दिनमा वस्ती निर्माण सफल भयो,’ उनले भने।

त्यसअघि, धुर्मुससुन्तली फाउण्डेशनले महोत्तरीको बर्दिबासका मुसहर समुदायका नागरिकका लागि वस्ती निर्माण गरेको थियो। त्यसैगरी, काभ्रेको डाँडागाउँस्थित एकीकृत नमूना पहरी वस्ती तथा सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमूना वस्ती निर्माण सम्पन्न गरेको छ। 

कुञ्जनाको जन्म ललितपुरमा भएको हो। सीताराम कट्टेल अर्थात् धुर्मुस सोलुखुम्बुमा जन्मिएका हुन्।

धुर्मुससुन्तलीको बाल्यावस्था

कुञ्जना घिमिरे अर्थात् सुन्तली अभिनेत्री हुन्। तर, उनको परिचय यतिमै सीमित छैन। उनी सामाजिक कार्यकर्ता तथा अभियन्ता पनि हुन्। कुञ्जनाको जन्म ललितपुरमा भएको हो।

त्यसैगरी, सीताराम कट्टेल अर्थात् धुर्मुस सोलुखुम्बुमा जन्मिएका हुन्। वि.सं. २०४० साल असार ४ गते जन्मिएका सीताराम झापाको गौरादहमा हुर्किएका हुन्। कलाकारिताकै दौरान विवाहबन्धनमा बाँधिएका धुर्मुससुन्तलीकी एक छोरी छिन्।

अघिल्लो वर्षकै जेठ २२ गते हास्यकलाकार तथा सामाजिक अभियन्ता धुर्मुससुन्तलीले नमूना नेपाल निर्माण गर्ने घोषणा गरिसकेका छन्।

नमूना नेपालको अवधारणा

नमूना नेपाल निर्माण अभियानमा लागेका धुर्मुससुन्तलीलाई नेपाली जनताले आफ्ना आदर्श अभियन्ताका रुपमा हेर्न थालेका छन्। त्यसैले मुलुकभित्र र बाहिर रहेका नागरिकहरुले पनि सहयोग गरिरहेका छन्।

अघिल्लो वर्षकै जेठ २२ गते हास्यकलाकार तथा सामाजिक अभियन्ता धुर्मुससुन्तलीले नमूना नेपाल निर्माण गर्ने घोषणा गरिसकेका छन्।

‘हिमाल, पहाड, तराई, मधेशको सांस्कृतिक तथा सामाजिक संरक्षणसहित नमूना नेपाललाई विश्वमा चिनाउने योजना बनाएको धुर्मुससुन्तलीले बनाएका छन्।

‘मलाई बाढीको पीडा कस्तो हुन्छ भन्ने कुराको ज्ञात छ,’ उनी भन्छन्, ‘त्यसैले हामी ढिला नगरी बाढी प्रभावित क्षेत्रमा गएका थियौं।’

बाढीपीडितसँग धुर्मुससुन्तली

गत भदौ महिनामा पहाडी र हिमाली क्षेत्र पहिरोको प्रताडनासँग जुधिँरहेका बेला राहत संकलनमा व्यस्त थिए, सीताराम कट्टेल र कुञ्जना घिमिरे। तर, केही दिनपछि नै तराई–मधेश डुबानमा पर्यो।

धुर्मुसको मन अडिएन। उनी भोलिपल्टै बाढी प्रभावित क्षेत्रमा पुगिहाले। सप्तरीको बाढी प्रभावित क्षेत्रमा उनी खटिए। र, सर्वसाधारणको माया, सद्भाव र विश्वास लिएर फर्किंए।

‘मलाई बाढीको पीडा कस्तो हुन्छ भन्ने कुराको ज्ञात छ,’ उनी भन्छन्, ‘त्यसैले हामी ढिला नगरी बाढी प्रभावित क्षेत्रमा गएका थियौं।’


 

More form the Internet

loading...