Suvadin, Home

प्रकोप व्यवस्थापन सुदृढिकरणकालागि जापानद्वारा नेपाललाई अनुदान

यस परियाजनाका प्रमुख तीन कार्य अन्तरगत ,'सुरक्षित पढ्ने वातावरणको पहुँच बृद्धि', 'विद्यालय र समुदायमा प्रकोप व्यवस्थापन प्रणाली सुधार गर्ने' र 'सामाजिक उत्तरदायित्व र वकालत प्रयासबाट प्रणाली सुधार तथा विद्यालय सुरक्षा सुदृढ गर्ने' योजनाहरुलाई समावेश गरीएको छ।
तस्वीरः नेपाल जापान डक कम।

काठमाडौं, १२ पुस – डोटीमा प्रकोप व्यवस्थापन सुदृढिकरणका लागि जापानले अमेरिकी डलर ७ लाख ३५ हजार ६ सय ९३ अनुदान दिएको छ।

'द चार्ज डि अफेयर्स एड इन्तेरिम जापान'का शिन्या माचिदाले सन् २०१७ का लागि वल्र्ड भिजन जापानकी परियोजना निर्देशक नाओमी केटोसंग नेपालका लागि उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

वोर्ल्ड भिजन जापानले वल्र्ड भिजन इन्टरनेशनल नेपालसंग मिलेर नेपाली गैर सरकारी संस्था कम्युनिटी डेभडपमेन्ट सेन्टरसंगको सहकार्यमा उक्त परियोजना डोटीका दुर्गम क्षेत्रमा लागु गर्ने भएको छ।

यस परियाजनाका प्रमुख तीन कार्य अन्तरगत ,'सुरक्षित पढ्ने वातावरणको पहुँच बृद्धि', 'विद्यालय र समुदायमा प्रकोप व्यवस्थापन प्रणाली सुधार गर्ने' र 'सामाजिक उत्तरदायित्व र वकालत प्रयासबाट प्रणाली सुधार तथा विद्यालय सुरक्षा सुदृढ गर्ने' योजनाहरुलाई समावेश गरीएको छ।

नेपालस्थित जापानी दुतावासले यस परियोजनाले प्रकोपको पुर्वतयारी तथा व्यवस्थापनमा सहयोग पुग्नुका साथै नेपाल र जापानको मैत्री सम्बन्ध सुदृढ गर्नेमा विश्वास जनाएकोछ।


 

More form the Internet

loading...