Suvadin, Home
शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको ६ लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिकृत बच्चुराज खतिवडाले जानकारी दिए। 

विराटनगर, १५ असोज – विराटनगर महानगरपालिकामा गत असोज १२ गतेदेखि केही क्षेत्रमा टेलिफोन अवरुद्ध भएको छ। 

शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको ६ लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिकृत बच्चुराज खतिवडाले जानकारी दिए। 

नाला बनाउने क्रममा ३०० लाइन र ९०० लाइनका दुई संरचना ध्वस्त भएकाले उक्त क्षेत्रमा वितरित ७०० टेलिफोन अवरुद्ध भएको प्राविधिक खतिवडाले बताए। टेलिफोन अवरुद्ध भएपछि सञ्चार क्षेत्रमा कार्यरत रासस प्रदेश नं १ कार्यालय विराटनगरलाई निकै समस्या भएको छ। प्राविधिक खतिवडाले ध्वस्त संरचना तयार गर्न लगभग दुई महिना लाग्ने जानकारी दिए। 


 

More form the Internet

loading...