Suvadin, Home

‘नेपाल यूएई फ्रेण्डसीप सोसाइटी’ गठन

सोसाइटीको अध्यक्षमा लेखक मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्ष जेपी सापकोटा, महासचिव दामोदर नेपाल, कोषाध्यक्ष ज्ञानु गजमेर, सदस्य हिमालयश्वरी मानन्धर, रविन्द्र दाहाल, मुकेश झा, सपना थापा शाह र अपराजिता खड्का रहेका छन्। 

काठमाडौं, २६ मंसिर – नेपाल र संयुक्त अरब इमिरेट्स यूएईबीचको पर्यटन प्रवर्धन तथा सांस्कृतिक आदानप्रदान तथा मैत्री सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले नेपाल यूएई फ्रेन्डसीप सोसाइटी गठन गरिएको छ। 

सोसाइटीको अध्यक्षमा लेखक मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्ष जेपी सापकोटा, महासचिव दामोदर नेपाल, कोषाध्यक्ष ज्ञानु गजमेर, सदस्य हिमालयश्वरी मानन्धर, रविन्द्र दाहाल, मुकेश झा, सपना थापा शाह र अपराजिता खड्का रहेका छन्। 

संस्थाका सबै पदाधिकारी युएईको रोजगारीपछि नेपाल फर्केका हुन्। उक्त सोसाइटीको ५ सदस्यीय सल्लाहकार समितिमा क्याप्टेन प्रचण्डजंग शाह, रामेश्वर शाह, डा आसिफ अलि सिद्धिकी, मोहन शर्मा र विज्ञानजंग राणा रहेका छन्।

सोसाइटीका अध्यक्ष श्रेष्ठले युएई र नेपालबीच सहयोग तथा सहकार्यको सम्भावना रहेकाले त्यसलाई साकार पार्न सोसाइटी उपयोगी हुने बताए।


 

More form the Internet

loading...